कम्पनी दर्ता आफैँमा निकै महत्वपुर्ण कदम हो| यसैले दर्ता प्रक्रिया सुरु गर्नु अघि विभिन्न कुरामा जानकारी लिनु निकै महत्वपुर्ण हुन्छ| यस व्लग मार्फत हामीले हजुरका बारम्बार सोधिने प्रश्नहरुलाई एकै ठाउँमा राखेर उत्तर दिने कोशिश गरेका छौं:
१. यदि म नयाँ व्यवसाय सुरु गर्दै छु भने के मैले कम्पनी नै दर्ता गर्नु पर्छ?
पर्दैन | धेरै उधमी मित्रहरुले सोच्नुहुन्छ कि कम्पनी दर्ता नगरी कुनै व्यवसाय नै सुरु गर्न मिल्दैन| तर व्यवसाय गर्न प्रोप्राइटरसिप फर्म या पार्टनरसिप फर्म मार्फत पनि मिल्छ| यदि एक भन्दा बढी सेयरहोल्डर मिलेर सुरु गर्दै हुनुहुन्छ भने कम्पनीमा दर्ता गर्दा पछिसम्म सजिलो हुने गर्छ| याद गर्नुहोस्, केवल एक जना मात्र सेयरहोल्डर बसेर पनि कम्पनी दर्ता गर्न मिल्छ|
२. प्राइभेट लिमिटेड कम्पनी भनेको के हो?
प्राइभेट लिमिटेड कम्पनी भनेको व्यवसायको एक संरचना हो जुन कम्पनी ऐन २०६३ अनुसार दर्ता हुने गर्छ| प्रा ली कम्पनीको स्वामित्व यसका सेयरहोल्डरहरूमा हुन्छ| सेयरहोल्डरको दायित्व लिन कबुल गरेको सेयर रकममा लिमिटेड अर्थात् सो रकम भन्दा माथि नजाने हुनाले यसलाई प्राइभेट लिमिटेड कम्पनी भनिन्छ| यस किसिमको कम्पनीको आफ्नो छुट्टै प्यान तथा पहिचान हुने गर्छ|
सामान्यतया ट्रेडिंग, औधोगिक तथा सेवामुलक कम्पनीहरूले आफूलाई प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता गर्ने गर्दछन|
३. कम्पनी ऐन २०६३ अनुसार प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया कसरी अघि बढ्छ?
प्राइभेट लिमिटेड कम्पनी दर्ताको प्रक्रिया निम्न बमोजिम छ:
१. कम्पनी रजिस्ट्रारको वेबसाइट www.ocr.gov.np मार्फत प्रस्तावित नाम निवेदन दिने,
२. नाम स्वीकृत भए पश्चात ठेगाना, उधेश्य, तथा सेयरहोल्डर विवरण सहित प्रबन्धपत्र र नियमावली तयार गर्ने,
३. सबै सेयरहोल्डरले प्रबन्धपत्र तथा नियमावलीमा सहिछाप गर्ने,
४. सहिछाप गरिएको प्रबन्धपत्र तथा नियमावलीलाई नोटरी गरि अनलाइन माध्यमबाट अपलोड गर्ने,
५. कम्पनीको अधिकृत पुंजी अनुसार सरकारी राजश्व तिर्ने,
६. एक पटक रजिस्ट्रार कार्यालयले सबै विवरण रुजु गरेपछि दर्ता प्रमाणपत्र प्राप्त गर्ने
४. प्राइभेट लिमिटेड कम्पनी दर्ताको क्रममा तयार पार्नुपर्ने विवरण के के हुन्?
कम्पनी दर्ताको क्रममा हरेक कम्पनीले तयार गर्नुपर्ने विवरण निम्नलिखित छन:
१. कम्पनीको प्रस्तावित नाम
२. कम्पनीले गर्न खोजेका मुख्य कामहरू
३. कम्पनीमा गरिने लगानी या पुंजी
४. कम्पनीमा रहने सेयरधनी
५. कम्पनीको कार्यालय रहने ठेगाना
५. प्राइभेट लिमिटेड कम्पनी दर्ताको क्रममा कति समय लाग्छ?
कम्पनी दर्ताको प्रक्रिया संधै कम्पनीको प्रस्तावित नाम निवेदन दिएसंगै सुरु हुन्छ| OCRबाट नाम स्वीकृत हुन साधारणतया ४ दिन देखि १० दिन सम्म लाग्छ| सो पश्चात सहिछाप गर्ने र नोटरी गरि कार्यालयमा बुजाउने काम रहन्छ| यसरी सरसर्ती हेर्दा प्राइभेट लिमिटेड कम्पनी दर्तामा १० देखि १५ दिन लाग्ने गर्छ|
६. नेपालमा कम्पनीको नाम छान्ने नियम के हो?
नयाँ कम्पनीको नाम छनोट गर्दा अन्य कम्पनीको नामसंग उस्तै उस्तै सुनिने हुनु हुँदैन | त्यस्तै प्रस्तावित नामले सकेसम्म ठुलो दायरा समेट्ने र सम्झन सजिलो हुने छान्नुपर्छ| यसका साथै उक्त नामबाट पछी ट्रेडमार्क तथा वेबसाइट तयार गर्न मिल्छ या मिल्दैन भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ |
७. कम्पनीको नाम अस्वीकृत हुने कारणहरू के के हुन सक्छन्?
कम्पनीको नाम अस्वीकृत हुने विभिन्न कारणहरू हुन सक्दछन, जस्तै:
१. कम्पनीको नाम नेपाली र अंग्रेजीमा एकै नभएर
२. कम्पनीको नाम छोटकरीमा राख्दा प्रत्येक अक्षरको पछाडी डट (.) प्रयोग नगरेर
३. कम्पनीको नाम पछाडी “डट कम” शब्द प्रयोग गर्नाले
४. कम्पनीको नाममा नम्बर प्रयोग गर्नाले
५. कम्पनीको नाममा सर्वनाम (जस्तै मेरो, तिम्रो, हाम्रो) जस्ता शब्दहरू प्रयोग गर्नाले
६. राख्न नपाइने अक्षर (जस्तै द, श्री ) जस्ता अक्षर प्रयोग गर्नाले
७. अन्य कुनै कम्पनीसँग नाम मिल्न गएमा
८. कम्पनी दर्ताको क्रममा कति सरकारी राजस्व बुझाउनु पर्छ?
कम्पनी दर्ता गर्दा सरकारलाई राजस्व बुझाउन पर्छ जुन अधिकतम पुंजी अनुसार फरक पर्दछ| अधिकतम पुंजी अनुसार निम्नलिखित राजस्व सरकारलाई बुजाउनु पर्दछ:
१) रु १ लाख सम्म – रु १,०००/-
२) रु ५ लाख सम्म – रु ४,५००/-
३) रु २५ लाख सम्म – रु ९,५००/-
४) रु १ करोड सम्म – रु १६०००/-
५) थप रु १ करोड – थप रु ३०००/-“
९. कम्पनी दर्ताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ?
एकपटक सबै कागजातहरू रजिस्ट्रारको कार्यालयबाट रुजू भएपछि र आवश्यक राजश्व बुजाएपछी हजुरलाई कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त हुन्छ| यसमा कम्पनी दर्ता नम्बर, नाम तथा रजिस्ट्रारको सहिछाप रहेको हुन्छ| यसमा अंग्रेजी र नेपाली दुवै भाषा प्रयोग भएको हुन्छ|
१०. नेपालमा कम्पनी दर्ताका फाइदाहरू के के छन्?
आफ्नो व्यवसायलाई कम्पनीमै दर्ता गर्दा निम्नलिखित फाइदा हुने गर्छ:
१. सिमित दायित्व: कम्पनीमा सेयरहोल्डरको दायित्व लिन कबुल गरेको सेयर पुँजीमा सिमित हुन्छ
२. लगानीकर्ताको आकर्षण: कम्पनीमा नयाँ लगानीकर्ता भित्र्याउन तथा निकाल्न सहज हुने गर्छ
३. एकै दरको कर: कम्पनीले कमाएको नाफामा साधारणतया 25% कर बुझाउनु पर्ने हुन्छ
४. स्थानान्तरण गर्न सजिलो: कम्पनीलाई एक बाट अर्कोको नाममा तथा एक स्थान बाट अर्को स्थानमा स्थानान्तरण गर्न सजिलो हुन्छ
५. विवादको कम सम्भावना: सेयर लगानी अनुसार प्रतिफल बाँडिने भएकाले सेयर होल्डर बिचको विवाद निकै कम हुन्छ
६. प्रतिष्ठा: कम्पनी ऐन २०६३ अनुसार राष्ट्रिय तहमा नै दर्ता हुने भएकाले प्रा ली कम्पनीको प्रतिष्ठा निकै राम्रो हुने गर्छ
११. कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) भनेको के हो?
कम्पनी रजिस्ट्रारको कार्यालय भन्नाले हामी कम्पनी सम्बन्धी नियमन गर्ने निकायको रूपमा चिन्छौं| कम्पनीको प्रस्तावित नाम स्वीकृत गर्ने देखि कम्पनी दर्ता तथा कम्पनीको दर्ता पश्चातका परिमार्जन तथा अध्यावधि सम्मको जिम्मेवारी OCRकै हुन्छ| यो कार्यालय काठमाडौँको थापाथलीमा अवस्थित छ|
१२. दर्ता पश्चात कम्पनी रजिस्ट्रारको कार्यालयलाई के कस्ता विवरण बुजाउनु पर्छ?
एक पटक दर्ता भएपश्चात कम्पनी रजिस्ट्रारको कार्यालयमा निम्नलिखित विवरण बुझाउनु पर्छ:
१. तिन महिना भित्र ठेगाना तथा सेयर बाडफाडको विवरण
२. सेयर लागत लिने क्रममा रकम जम्मा गरेको विवरण
३. अध्यावधि गर्ने समयमा वार्षिक विवरण
४. कुनै पनि परिमार्जन गर्नु परेमा सो सम्बन्धि विवरण
१३. के प्रोप्राइटरसिप फर्मलाई प्राइभेट लिमिटेड कम्पनीमा परिणत गर्न मिल्छ?
मज्जाले मिल्छ| तर उही नाम भने प्राप्त नहुन पनि सक्छ| यदि हजुर आफ्नो प्रोप्राइटरसिप फर्म कम्पनीमा परिणत गर्न चाहनुहुन्छ भने हाम्रो परामर्शदातासँग सम्पर्क गर्न सक्नुहुन्छ| यसरी परिणत गर्नका लागि हजुरलाई पुरानो फर्मको कागजात तथा कर चुक्ता सम्मको विवरण आवश्यक पर्दछ|
१४. कम्पनी दर्ताको क्रममा आवश्यक कागजात के के हुन्?
समग्रमा हेर्दा कम्पनी दर्तामा हजुरलाई निम्नलिखित कागजातहरू आवश्यक पर्छ:
सबै सेयरहोल्डरको नागरिकताको प्रतिलिपि
सहि ढङ्गले तयार गरिएको प्रबन्धपत्र तथा नियमावली
एक सेयरहोल्डरको प्यान प्रमाणपत्र (कर प्रयोजन)
घरभाडा सम्झौता या लालपुर्जा (कर प्रयोजन)
१५. कम्पनी दर्ता सम्बन्धि थप जानकारी कहाँ पाउन सकिन्छ?
कम्पनी दर्ता तथा यसपश्चातका अन्य नियमहरुको बारेमा हजुरले हाम्रो परामर्शदातासंग सम्पर्क गर्न सक्नुहुन्छ, 9801074003
साथै हामीलाई WhatsApp, म्यासेन्जर जस्ता Appबाट पनि हजुरले म्यासेज गर्न सक्नुहुन्छ|
कम्पनी दर्ता तथा सो पश्चातका विभिन्न क्रियाकलापहरु हामीले YouTube, TikTok तथा फेसबुक जस्ता सामाजिक संजालमा राख्ने गरेका छौं|
यदि हजुरले सबै विवरण तयार पारि दर्ता प्रक्रियामा अघि बढ्न चाहनुहुन्छ भने कृपया तलको फर्ममा आफ्नो विवरण उपलब्ध गराइदिनुहोला:
कम्पनी खातासंग दर्ता प्रक्रिया अगाडी बढाउनुहोस्:
हजुरको टोकन हाम्रो Company Start-up Team लाइ प्राप्त भएको छ|
छिटै नै हजुरको सेवामा उपलब्ध हुनेछौं |
धन्यबाद !
हजुरको टोकन हाम्रो Company Start-up Team लाइ प्राप्त भएको छ|
छिटै नै हजुरको सेवामा उपलब्ध हुनेछौं |
धन्यबाद !