fbpx

पुष मसान्त भित्र कम्पनीले पालना गर्नुपर्ने नियमहरु

Table of Contents

हरेक कम्पनीको लागि पुष मसान्त विशेष समय हो। पुष मसान्त अघि नै हरेक कम्पनीले विभिन्न नियमहरुको पालना गर्नुपर्ने हुन्छ। साथै यदि तल दिइएका कुनै पनि नियम अनुपालन नगरेको खण्डमा आयकर ऐन एबं कम्पनी ऐनको अनुसार अतिरिक्त जरिवाना तथा शुल्क लाग्ने गर्छ। यो ब्लग हामीले मुख्यतया आर्थिक बर्ष २०७८-७९ मा दर्ता भएका कम्पनीहरुलाई लक्षित गरेर बनाएको छौं। आर्थिक बर्ष २०७९-८० मा दर्ता भएका कम्पनीहरुको लागि यी नियमहरु आर्को आर्थिक वर्षबाट मात्र लागु हुनेछ। अब जाऔं हरेक कम्पनीले पुष मसान्त भित्र गर्नै पर्ने कामहरुमा:

  1. कम्पनीको लेखापरीक्षण गराउने:
  2. हरेक कम्पनीले कुनै कारोबार भए पनि नभए पनि लेखापरिक्षकबाट वार्षिक लेखापरीक्षण गराउनुपर्छ। साधारणतया वर्षभरी भएका वित्तीय कारोबारको विवरण सहि भए नभएको या सहि ढंगले प्रस्तुत गरे नगरेको जानकारी लेखापरीक्षणबाट गराइन्छ। लेखापरीक्षण गर्दा Balance Sheet, Profit & Loss A/c, Cash Flow Statement, Schedules र Notes to Accounts आदि बनाउनुपर्छ। लेखापरीक्षण गराउने अन्तिम मिति असोज मसान्तसम्म तोकिएको हुन्छ र यसलाई बढीमा ३ महिनाले म्याद थप गर्न मिल्छ। यसरि सरसर्ती हेर्दा आर्थिक वर्ष २०७८-७९को लेखा परिक्षण पुष मसान्तसम्म जसरि पनि गराउनुपर्छ।

  3. कम्पनीको आय विवरण पेश गर्ने:
  4. लेखा परिक्षण गराईसकेपछी अब पालो आउँछ आय विवरण पेश गर्ने। आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षणको आधारमा आम्दानी, खर्च, खुद आय, सम्पति तथा दायित्वको विवरण इत्याधि अन्तरिक राजस्व कार्यालयको अनलाइन पोर्टल मार्फत पेश गर्नुपर्छ। यसरि आय विवरण पेश गरि खुद तिर्नुपर्ने आयकरमा पहिले नै तिरिसकिएको अग्रिम आयकर तथा स्रोतमै काटिएको कर (TDS) समायोजन गर्न सकिन्छ।प्राइभेट फर्म को लागि कारोबारको रकम हेरेर D1, D2 या D3 मध्ये एक विवरण पेश गर्नुपर्छ भने प्राइभेट लिमिटेड कम्पनीको हकमा सधैं D3 आय विवरण लागु हुन्छ। आय विवरण पेश गर्ने अन्तिम मिति पनि पुष मसान्त हो।

  5. कम्पनीको वार्षिक विवरण बुझाई अध्यावधि गर्ने:
  6. हरेक कम्पनीले आर्थिक बर्ष सक्किएको ६ महिना भित्र कम्पनी रजिस्ट्रार कार्यालयमा अनलाइन माध्यमबाट बार्षिक विवरण बुझाउनुपर्छ। त्यसैले २०७८-७९ मा दर्ता भएका सबै कम्पनीले पुष मसान्त भित्र आफ्नो बार्षिक विवरण बुझाई अध्यावधि गरिसक्नुपर्छ। यसरि अध्यावधि गर्दा लेखापरीक्षण प्रतिबेदन पनि साथै चाहिन्छ।याद गर्नुहोस, कम्पनीले कुनै कारोबार गरेको भएपनि या नभएपनि कम्पनी अध्यावधि गर्नु अनिवार्य छ। यदि नगरेमा अनावश्यक जरिवानाको झन्झट आइपर्छ।

  7. कम्पनीको करचुक्ता प्रमाणपत्र:
  8. लेखापरीक्षण तथा आय विवरण पेश गरि तिर्नुपर्ने सबै कर बक्यौता तिरिसकेपछी पालो आउँछ करचुक्ता प्रमाणपत्रको लागि निवेदन दिने । यसका लागि आय विवरणका विभिन्न अनुसुची, लेखापरीक्षण प्रतिबेदन तथा विभिन्न कर तिरेका रसिद समेत पेश गर्नुपर्छ।कम्पनीलाई करचुक्ता प्रमाणपत्रको आवश्यकता विभिन्न प्रयोजनको लागि पर्न सक्छ: जस्तै ट्रेडमार्क दर्ता, आयात निर्यात कोड दर्ता, बैंक लोन इत्याधी। करचुक्ता प्रमाणपत्र लिनु भनेको नै आफ्नो कम्पनीले उक्त मितिसम्म तिर्नुपर्ने सबै कर तिरेको बुझिन्छ।

  9. अनुमानित कर विवरण:
  10. यदि हजुरको कम्पनी संचालनमा छ हजुरलाई लाग्छ कि उक्त कम्पनीले चालु आर्थिक बर्ष २०७९-८० मा रु ७५०० भन्दा बढीको आय कर तिर्नुपर्छ भने हजुरले आफ्नो कम्पनीको अनुमानित आय विवरण बुझाउनुपर्छ। यो विवरण बुझाउदा बर्ष भरिको आय अनुमान गर्नुपर्छ र सो मा लाग्ने कर निर्धारण गर्नुपर्छ। अनुमानित आयकरको 40% रकम पुष मसान्त भित्रै तिर्नुपर्ने प्रावधान रहेको छ।यदि हजुरको कम्पनीको वार्षिक कर रु १,००,००० अनुमान गर्नुभएको छ भने हजुरले पुष मसान्त भित्र रु ४०,००० अग्रिम आयकरको रुपमा तिरिसक्नुपर्छ। यदि अनुमानित आय विवरण नबुझाएको खण्डमा कम्तिमा रु ५००० को जरिवाना लाग्न सक्छ ।


यसरी हरेक कम्पनीले पुष मसान्त भित्र विभिन्न नियमहरुको अनुपालन गर्नुपर्छ। कम्पनीको बार्षिक विवरण पेश तथा कर सम्बन्धि थप जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस: कम्पनी खाता प्रा ली सम्पर्क नं: 9801074003 कम्पनी खाता नेपालमा उधमिहरुलाई व्यवसायिक तथा अनुपालन सम्बन्धि सेवा दिने हेतुले खुलेको स्टार्ट-अप हो। हाम्रा सेवाहरु:
  1. कम्पनी दर्ता सहजीकरण
  2. कम्पनी अध्यावधिक
  3. कम्पनीमा परिमार्जन तथा परिवर्तन
  4. NGO/NPO दर्ता
  5. ट्रेडमार्क दर्ता
  6. EXIM Code दर्ता
  7. VAT/TDS सम्बन्धि सेवा
  8. कर दाखिला सम्बन्धि सेवा

Related Blogs:

Hi! What would you like to try?