fbpx

अब देखि कम्पनी दर्ता गर्दा राजस्व नलाग्ने!

Table of Contents

आ. व. २०८०-८१ को लागि कम्पनी दर्ता तथा पुंजी वृद्धिमा कुनै पनि सरकारी दस्तुर नलाग्ने भएको छ| नेपालको बजेट भाषण गर्ने क्रममा जेठ १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले यो घोषणा गर्नुभएको थियो| तर विभिन्न चुनौतिको कारण अहिले सम्म रोकिएको यो प्रावधान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सोमबार, असोज ८ गते सूचना प्रकाशित गरेपछि कार्यान्वयनमा आएको हो|

नेपाल राजपत्र:

You can visit Rajpatra site through this link: http://rajpatra.dop.gov.np/

You can visit OCR site through this link: https://ocr.gov.np/

राजपत्रमा लेखिएको अनुसार अब देखि निम्न कार्यहरु गर्दा सरकारी दस्तुर तिर्नुपर्दैन:
१. प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्दा
२. पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा
३. दर्ता भैसकेको कम्पनीको पुंजी वृद्धि गर्दा
४. बैदेशिक कम्पनीको शाखा या सम्पर्क कार्यालय दर्ता गर्दा
५. मुनाफा वितरण नगर्ने (NPO) कम्पनी दर्ता गर्दा
अहिले सम्मको व्यवस्था अनुसार प्राइभेट लिमिटेड कम्पनी दर्ता गर्दा निम्न दस्तुर लाग्ने गर्थ्यो:

तर आ. व. २०८०-८१ को लागि यो सबै दस्तुर मिनाहा भएको छ|

नेपालमा यस्तो व्यवस्था किन ल्याइयो त?

यसको छोटो र मिठो उत्तर हो: देशमा उद्यमशीलता विकास गर्न र स्टार्ट-अपको माहोललाई अझ बलियो बनाउन| हाल विश्व भरिका देशमा स्टार्ट-अपलाई विशेष ध्यान दिइएको छ र यसले धेरै आविष्कार र नवप्रवर्तन सोच बजारमा ल्याएको छ| नेपालमा पनि यो व्यवस्था आएपछि युवा उधमिहरुलाई स्टार्ट-अप सुरु गर्न निकै सहज हुने आशा गरिएको छ|

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नुअघि ध्यान दिनुपर्ने:

१. कम्पनीको किसिम निर्धारण गर्ने
२. कम्पनीले गर्न खोजेका मुख्य कामहरु टिपोट गर्ने
३. कम्पनीको कार्यालय रहने ठेगाना छनोट गर्ने
४. कम्पनीमा गर्ने लगानी अनुमान गर्ने
५. सेयरहोल्डरको संख्या तथा प्रतिशत छुट्टाउने
६. कम्पनीको नाम रजिस्टर्ड कार्यालयमा निवेदन दिने

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

कम्पनी दर्ता प्रक्रिया

  1. कम्पनीको नाम स्वीकृत भएको जानकारी रजिस्टर्ड कार्यालयको पोर्टलबाट पाइन्छ
  2. कम्पनीको नाम, उधेश्य, ठेगाना, सेयरहोल्डिंग सहितको प्रबन्धपत्र तथा नियमावली तयार परिन्छ
  3. तयार भएको प्रबन्धपत्र तथा नियमावलीलाई सबै सेयरहोल्डरले सहि गरि नोटरी गरेर पुनः रजिस्टर्ड कार्यालयमा पेश गर्नुपर्छ
  4. रजिस्टर्ड कार्यालयले सम्पूर्ण कागजात चेक गरि सहि भएमा कम्पनी दर्ता प्रमाणपत्र प्रदान गर्दछ

कम्पनी खाता आफैंमा कम्पनी दर्ता प्रक्रियालाई सहज र छरितो बनाउने हेतुले खुलेको स्टार्ट-अप हो। हामी कानुनी अनुपालनको महत्त्व बुझ्छौं र हजुरलाई सहि प्रक्रिया मार्फत मार्गदर्शन गर्न समर्पित छौं। हामीलाई सम्पर्क गर्नको लागि

कम्पनी खाताले हजुरको व्यवसायलाई निम्नलिखित सेवाहरु प्रदान गर्छ:
१. कम्पनी दर्ता सहजीकरण
२. कम्पनी अध्यावधि सेवा
३. कम्पनीमा गर्नुपर्ने परिवर्तन
४. लेखा तथा कर सम्बन्धि सेवा
५. ट्रेडमार्क दर्ता सेवा
६. आयात निर्यात कोड दर्ता
कम्पनी दर्ता प्रक्रियामा हाम्रो परामर्शदातासंग यसमा लाग्ने प्रक्रिया तथा समयको बारेमा छलफल गर्न कृपया दर्ता गर्न लाग्नुभएको कम्पनीको किसिम छनोट गरिदिनुहोला:

Related Blogs:

Hi! What would you like to try?