fbpx

प्राइभेट लिमिटेड कम्पनी दर्ता प्रक्रिया कसरी सुरु गर्ने?

Table of Contents

नेपालमा व्यवसाय सुरु गर्न सबैभन्दा राम्रो कानुनी संरचना हो: “कम्पनी”| हुन पनि सिमित दायित्व, करमा प्रोत्साहन तथा लगानीकर्ता भित्राउन निकै सजिलो भएकाले यसको लोकप्रियता निकै बढ्दै गएको छ| नेपालमा बिशेष गरि कृषि, व्यापार, विविध सेवा प्रदान गर्ने तथा निर्माण सेवा सम्बन्धि कम्पनीको दर्ता धेरै हुन्छ| यसबाहेक पनि स्टार्ट-अप, औधोगिक तथा पर्यटकीय सेवा दिने कम्पनीको दर्ता पनि बढ्दो क्रममा रहेको छ|

नेपालमा कम्पनी दर्ता: एक अवलोकन

हजुरले आफ्नो नयाँ कम्पनी दर्ता गर्दा विचार गर्नुपर्ने सबैभन्दा महत्वपुर्ण पक्ष भनेको दर्ताको समयमा कम्पनी ऐन २०६३को तथा दर्ता पश्चात अन्य ऐनहरु जस्तै आयकर ऐन २०५८, मूल्य अभिबृधि कर ऐन २०५२, इत्याधि पालना तथा आवश्यकता पुरा भएको छ छैन सुनिश्चित गर्नु हो। सुरुवाती चरणमा हजुरले कम्पनीको नाम, ठेगाना, सेयरहोल्डर तथा उधेश्य सम्बन्धि विवरण तयार पार्नुपर्ने हुन्छ| नेपालमा विभिन्न अनुपालन सेवा प्रदान गर्ने स्टार्ट-अपहरु छन् जसले हजुरको कम्पनी दर्तादेखि, पान/भ्याट दर्ता सहजीकरण तथा अन्य व्यवसायिक सेवा प्रदान गर्छन। कम्पनी खाता पनि यस्तै एक स्टार्ट-अप हो र यसले उधमिलाई कम्पनी दर्ता सम्बन्धि परामर्श तथा सहजीकरणको सेवा प्रदान गर्दछ|

यस ब्लगको अन्त्यमा हजुरले बुझ्नुहुनेछ:

  • एक प्राइभेट लिमिटेड कम्पनी दर्ता प्रक्रिया कसरी सुरु गर्ने?
  • कम्पनी दर्ता प्रक्रिया कसरि अगाडी बढ्छ?
  • कम्पनी दर्ता लगत्तै गर्नुपर्ने कामहरुसुरु गरौं है त!

कम्पनी दर्ता प्रक्रिया सुरुवात:

१. कम्पनीको किसिम निर्धारण गर्ने

कम्पनीको किसिम भन्नाले यसको व्यवसायिक मोडललाई बुजिन्छ| खासमा हाम्रो कम्पनीले के कसरी आफ्नो व्यवसाय अगाडी बढाउँछ र मुनाफा आर्जन गर्छ भन्ने मोडल तयार पार्नको लागि कम्पनीको किसिमले महत्वपुर्ण भूमिका खेल्छ| केहि मुख्य कम्पनीका किसिमहरु निम्नानुसार छन्:

१. कृषि कम्पनी,

२. व्यापारिक कम्पनी,

३. औधोगिक कम्पनी,

४. सेवामुलक कम्पनी, इत्याधि

यी बाहेक पनि अन्य धेरै किसिमका कम्पनीहरु हुने गर्दछन|

 

Read More: नेपालमा EXIM कोड दर्ता

२. कम्पनीले गर्न खोजेका मुख्य कामहरु टिपोट गर्ने

कम्पनीका मुख्य कामहरु भन्नाले यसको माध्यमबाट गर्न खोजिएको विभिन्न कारोबार तथा योजनाको बुँदागत टिपोटलाइ बुझिन्छ| हरेक कम्पनीले आफ्नो उधेश्यमा लेखिएको कार्यहरु मात्र गर्न पाउने भएकाले मुख्य कामहरु तयार पार्दा भविष्यका आफ्ना योजनाहरुलाई बिशेष ध्यान दिनुपर्छ|

कामहरु टिपोट गर्दा सर्बप्रथम हामीले के सम्बन्धि कम्पनी दर्ता गर्न खोजेका हौं त्यसमा छर्लंग हुनुपर्छ र त्यस बिषयसंग सम्बन्धित कम्पनीले के के गर्न पाउंछन् राम्रोसंग बुज्नुपर्छ| जस्तै एक कृषि कम्पनीले कृषिसंग सम्बन्धित सबै क्रियाकलाप जस्तै खेतिपाती, पशुपन्छी पालन, मौरीपालन इत्यधि गर्न पाउंछन् तर कृषि कम्पनीको दायरामा नाउने जस्तै निर्माण व्यवसाय, इन्भेस्टमेन्ट इत्याधि सोहि कम्पनीबाट गर्न पाउंदैनन्|

एकपटक उधमको दयारा तय भएपछी त्यसभित्र हामीले के कस्ता क्रियाकलाप गर्ने हो, कसरि गर्ने हो सबै बुँदागत रुपमा टिपोट गर्नुपर्छ|

र अन्त्यमा उधमका अन्य पक्षहरु जस्तै आयात निर्यात, उत्पादन तथा बिक्रीवितरण, एजेन्सी इत्यधिलाइ पनि आफ्नो योजना अनुरुप उल्लेख गर्नुपर्छ|

यदि हजुर कम्पनीको मुख्य कामहरु तय गर्दै हुनुहुन्छ र हामीबाट परामर्श चाहनुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ|

३. कम्पनीको कार्यालय रहने ठेगाना छनोट गर्ने

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नु अघि यसको अधिकारिक कार्यालय रहने ठेगाना चयन गर्नु अनिवार्य छ| यहि ठेगानामा कम्पनीसंग सम्बन्धित सबै औपचारिक कामहरु जस्तै संचार, कुरियर इत्यधि हुनुपर्ने व्यवस्था रहेको छ| यो ठेगाना सेयरहोल्डरको घर या किरायामा लिएको फ्ल्याट जे सुकै हुन सक्दछ|

अब धेरै सोधिने प्रश्न, यदि एक भन्दा धेरै स्थानमा शाखा कार्यालय राख्न पर्यो भने के गर्ने?

यदि ब्यबसाय बढाउने क्रममा विभिन्न स्थानमा शाखा कार्यालय खोल्नुपर्ने भयो भने त्यहाको आन्तरिक राजस्व कार्यालयमा लिखित जानकारी गराएर अगाडी बढ्न सकिन्छ| हरेक शाखा कार्यालयको जानकारी कम्पनी रजिस्टर्ड कार्यालयलाइ दिईराख्नु पर्दैन|

४. कम्पनीमा गर्ने लगानी अनुमान गर्ने

अबको चरणमा हामीले आफ्नो प्रस्तावित कम्पनीमा लामो समयसम्म कति लगानी गर्ने अनुमान गरेको छौं र हालसालै कति लगानी गरिहालिन्छ त्यसलाई राम्रोसंग विचार गर्नुपर्छ| किनकि कम्पनी दर्ता गर्ने क्रममा अधिकतम पुंजी, जारि गरिएको पुंजी तथा चुक्ता गर्न कबोलेको पुंजी खुलाउनुपर्ने व्यवस्था छ| साथै कम्पनी दर्तामा लाग्ने सरकारी राजश्व पनि हामीले राख्न खोजिएको अधिकृत पुंजीकै आधारमा तिर्नुपर्ने हुन्छ|

हाम्रो परामर्शदाताहरुलाई एउटा प्रश्न निरन्तर आउने गर्छ, कम्पनीमा कति पुंजी हाल्दा ठिक होला?

यसको उत्तर हो हजुरको व्यवसायिक गुरुयोजना| यदि भविष्यमा धेरै लगानी गर्ने योजनामा हुनुहुन्छ भने चुक्ता पुंजी कम भएपनि अधिकतम पुंजी धेरै राख्नुपर्छ ताकी लगानी बढाउनु परेमा पनि धेरै समय नलागोस|

व्यवसायिक मोडल अनुसार पनि सेवामुलक तथा स्टार्टअप कम्पनीको साधारणतया कम पुंजी हुन्छ भने व्यापारिक र उत्पादनमुलक कम्पनीको धेरै हुने गर्छ|

यदि हजुरको कम्पनी आयात निर्यातमा सहभागी हुने हो भने पनि पुँजीको संरचना त्यहि अनुसार बनाउन पर्छ| आयात निर्यात कोड अथवा EXIM कोड प्राप्त गर्न साधारण व्यवसायलाई कम्तिमा 25 लाखको पुंजी राख्नु पर्छ भने होलसेल व्यवसायलाई ६० लाखको पुंजी अनिबार्य छ|

त्यस्तै अर्को ध्यान दिनुपर्ने बुंदा हो बैंक ऋण लिने कि नलिने| कुनै पनि बैंकले व्यवसायिक ऋण प्रदान गर्दा पनि हजुरको जम्मा पुँजीको ४ गुणा भन्दा बढी दिन नपाउने हुँदा यसलाई पनि ध्यानमा राख्नु अनिबार्य हुन्छ|

पुंजी संग सम्बन्धित कुनै पनि परामर्शका लागि हजुरले सिधै हाम्रो टिमलाइ सम्पर्क गर्न सक्नुहुन्छ|

 

Read this: 10 rules you must follow after Company Registration

५. सेयरहोल्डरको संख्या तथा प्रतिशत छुट्टाउने

प्राइभेट लिमिटेड कम्पनीमा कम्तिमा १ र बढीमा १०१ जना सेयरहोल्डर रहने व्यवस्था छ भने पब्लिक कम्पनीमा कम्तिमा ७ जना सेयरहोल्डर चाहिन्छ| त्यसैले सेयरहोल्डर तय गर्दा कसले कति लगानी गर्ने हो र के के भूमिका निर्बाह गर्ने हो त्यो निर्क्योल गर्नु निकै जरुरि हुन्छ| साधारणतया धेरै ठुलो समूह बनाउदा पनि संचालन सम्बन्धि विभिन्न कठिनाई आउछ भने धेरै सानो समूह बनाउदा कम्पनीको वृद्धिदर कम हुने हो कि भन्ने दर रहन्छ| त्यसैले सकेसम्म सानो तर प्रभावकारी सेयरसदस्यहरुको समूह बनाउदा सबैलाई फाइदा हुन्छ|

कम्पनीमा सेयरहोल्डिंग बारे निर्णय गर्दा कम्पनीमा जम्मा गरिने लगानीलाई १००% मानी सबै सेयरहोल्डरको हिस्सा जोड्दा १००% आउने गरि गर्नुपर्छ|

जस्तै कुनै एक कम्पनीमा दुई सेयरहोल्डर राम र श्याम मिलेर १०-१० लाख लगानी गर्न खोज्दैछन भने उक्त कम्पनीमा राम तथा श्यामको ५०-५०% सेयरहोल्डिंग रहेको मानिन्छ|

६. कम्पनीको नाम रजिस्टर्ड कार्यालयमा निवेदन दिने

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

कम्पनी दर्ताको प्रक्रिया संधै प्रस्तावित कम्पनीको छनोटसंगै सुरु हुन्छ|

कम्पनीको नाम छनोट गर्दा हामीले विभिन्न कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ|

नं १: राख्न खोजिएको प्रताबित नाम अरु कुनै कम्पनीको नाम संग मिल्छ कि मिल्दैन त्यो पत्ता लगाउने, किनकि कम्पनी ऐन अनुसार कुनै पनि दुइ कम्पनीको नाम मिल्दोजोल्दो हुनु हुदैन| उदाहरणका लागि यदि “मेरो कृषि फर्म” नाम को कम्पनी दर्ता भैसकेको छ भने हामीले यहि या “मेरो एग्रो फर्म” जस्तो नाम राख्न पाइदैन

नं २: श्री, द, नयाँ, आदि जस्ता उपसर्गहरु आफ्नो कम्पनीको नाममा जोड्न हुँदैन| उदाहरणको लागि हजुरले “ द हिमालयन टेक्नोलोजी प्रा ली” को नामबाट कम्पनी दर्ता पाउनुहुन्न|

नं ३: व्यवसायको नाम यदि विभिन्न अंग्रेजी लेटरको समायोजनबाट बनाइएको छ भने हरेक लेटरको अन्तिममा बिन्दु वा डट आवश्यक छ | उदाहरणको लागि “ABC Technology Pvt. Ltd.” राख्न पाइंदैन| यसको सट्टामा “A.B.C. Technology Pvt. Ltd.” नाम राख्नुपर्ने हुन्छ|

नं. ४: राख्न खोजिएको प्रस्तावित नाममा पछी ट्रेडमार्क तथा ब्रान्ड दर्ता गर्न मिल्छ कि मिल्दैन त्यो पत्ता लगाउने| धेरै कम्पनीले समयमा यो पक्षलाई गम्भीर भएर नलिदा पछी समस्या आउने गरेको पाइन्छ|

यति गरिसकेपछि हामीले नाम रजिस्टर्ड कार्यालयको अनलाइन पोर्टल www.ocr.gov.np मा गएर राख्न खोजिएको नाम निबेदन दिनुपर्ने हुन्छ| साधारणतया केहि दिनमा यो नाम राख्न पाइने कि नपाइने भनि कार्यालयले जानकारी गराउछ| यदि नाम अनुमोदन भएमा आवश्यक कागजात तयार पारि दर्ता प्रक्रिया अगाडी बढाउन सकिन्छ|

यदि हजुरलाई कम्पनीको नाम राख्न या चेक गर्न कुनै समस्या भएमा हाम्रो परामर्शदातालाई सिधै सम्पर्क गर्न पनि सक्नुहुन्छ |

 

Read This: कम्पनी दर्ता गर्नु अघि तयार पार्नुपर्ने मुख्य ५ विवरणहरु 

कम्पनी दर्ता प्रक्रिया

  1. कम्पनीको नाम स्वीकृत भएको जानकारी रजिस्टर्ड कार्यालयको पोर्टलबाट पाइन्छ
  2. कम्पनीको नाम, उधेश्य, ठेगाना, सेयरहोल्डिंग सहितको प्रबन्धपत्र तथा नियमावली तयार परिन्छ
  3. तयार भएको प्रबन्धपत्र तथा नियमावलीलाई सबै सेयरहोल्डरले सहि गरि नोटरी गरेर पुनः रजिस्टर्ड कार्यालयमा पेश गर्नुपर्छ
  4. रजिस्टर्ड कार्यालयले सम्पूर्ण कागजात चेक गरि सहि भएमा कम्पनी दर्ता प्रमाणपत्र प्रदान गर्दछ

कम्पनी दर्ता पश्चात

  1. सर्बप्रथम आफ्नो कम्पनीको लोगो वा छाप तयार पार्ने
  2. रजिस्टर्ड कार्यालयबाट प्राप्त चिठी लिएर अन्तरिक राजश्व कार्यालय गई पान/भ्याटमा दर्ता गर्ने
  3. व्यवसायिक प्रयोजनको लागि कम्पनीको बैंक खाता खोल्ने
  4. बार्षिक रुपमा आफ्नो कम्पनी अध्यावधिक गराउने

कम्पनी खाताले कसरी हजुरलाई कम्पनी दर्ता प्रक्रियामा मधत गर्छ?

कम्पनी खाताले हालसम्म ३०० भन्दा बढी कम्पनी दर्तामा सहजिकारकको भूमिका निर्वाह गरिसकेको छ| हामी निम्न ३ तरिकाबाट आजै हजुरसंग जोडिन सक्छौं:

१. कम्पनी खातालाई आफ्नो कम्पनीको प्रस्तावित नाम प्रदान गर्नुहोस् (बैकल्पिक नाम छ भने त्यो पनि)

२. आफ्नो कम्पनी सम्बन्धि अन्य विवरणहरु जस्तै ठेगाना, उधेश्य पुंजी इत्याधि उपलब्ध गराउनुहोस्

३. हाम्रो परामर्शदाताले हजुरलाई सम्पर्क गरि नाम सम्बन्धि तथा अन्य कागजी प्रक्रिया अगाडी बढाउनुहुनेछ

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नुहोस:

"कम्पनी दर्ता सुरुवात" पेजमा हजुरलाई स्वागत छ |
यस पेजमार्फत हामी हजुरसंग कम्पनी दर्ताको निम्ति चाहिने सम्पूर्ण विवरणको बिस्तृत छलफल गर्नेछौं
कृपया हजुरले दर्ता गर्न खोज्नुभएको कम्पनीको किसिम तल छनोट गरिदिनुहोला:
मेरो उधेश्य...
Agro
Trading
Production
Service
Technology
Others
"कम्पनी दर्ता सुरुवात" पेजमा हजुरलाई स्वागत छ |
यस पेजमार्फत हामी हजुरसंग कम्पनी दर्ताको निम्ति चाहिने सम्पूर्ण विवरणको बिस्तृत छलफल गर्नेछौं
कृपया हजुरले दर्ता गर्न खोज्नुभएको कम्पनीको किसिम तल छनोट गरिदिनुहोला:
मेरो उधेश्य...
कृषि
कृषि
ब्यापार मुलक
ब्यापार मुलक
औद्योगिक
औद्योगिक
सेवा मुलक
सेवा मुलक
टेक्नोलोजी
टेक्नोलोजी
अन्य
अन्य

प्राइभेट लिमिटेड कम्पनीको बारेमा थप जानकारी लिनका लागि कृपया तलको लिंकमा जानुहोला:

Related Blogs:

Hi! What would you like to try?