fbpx

कन्स्ट्रक्सन कम्पनीको वर्गीकरण तथा दर्ता प्रक्रिया

Table of Contents

कन्स्ट्रक्सन कम्पनी: एक परिचय

कन्स्ट्रक्सन कम्पनी (निर्माण व्यवसायी कम्पनी) भन्नाले सामान्यतया विभिन्न प्रकारका भवन, अपार्टमेन्ट, पूर्वाधार, विकास, आवास, गोरेटो गल्ली, फुटपाथ, सडक, मोटरवे तथा अन्य प्रकारका निर्माण परियोजनाहरू निर्माण गर्न दर्ता गरिएको व्यवसाय, कम्पनी, वा उधम भनी बुजिन्छ|

यसका साथै निर्माण ठेकेदार भन्नाले स्वयं वा अन्य निकायको मधतले निर्माण, मर्मत, थप, घटाउ, वा बोलपत्र पेश गर्ने वा गर्न सक्ने क्षमता भएको व्यक्ति बुजिन्छ। “निर्माण ठेकेदार” मा उप-ठेकेदार, विशेष ठेकेदार, प्रमुख ठेकेदार तथा सुधारात्मक ठेक्का इत्याधि प्राप्त गर्ने कुनै पनि व्यक्ति समावेश हुन सक्छन।

नेपाल एक विकासोन्मुख राष्ट्र भएकाले निर्माण गर्नुपर्ने संरचना तथा परियोजना टन्नै छन्| यसै आधारमा हामी भन्न सक्छौं कि निर्माण व्यवसायमा कन्स्ट्रक्सन कम्पनीको निकै ठुलो हात रहनेछ| यदि सहि ढंगले अगाडी बढ्ने हो भने आउने दिनमा निर्माण सम्बन्धि कम्पनीको सम्भावना निकै बलियो देखिन्छ| सहरीकरणको गति र विकास गतिविधिहरूमा भैरहेको लगानीले धेरै उधमीहरूलाई निर्माण व्यवसाय सुरु गरि अघि बढ्न आकर्षित गरेको छ।

कन्स्ट्रक्सन कम्पनी दर्ता गर्नु अघि विचार गर्नुहोस:

  1. हजुरको कम्पनी मुख्यतया के कस्तो संरचना निर्माणमा संलग्न हुनेछ?
  2. हजुरको क्षेत्रमा हाल निर्माण कम्पनीको परिवेश के कस्तो छ र प्रमुख खेलाडीहरू को को हुनुहुन्छ?
  3. हजुरका ग्राहकहरू को को हुन सक्नुहुन्छ र वहाँहरुलाई कसरी मार्केटिंग गर्नुहुन्छ?
  4. हजुर आफ्नो कम्पनीमा लगानी कसरी गर्नुहुन्छ (पुंजी, बैंक लोन इत्याधि)?
  5. हजुरले के कस्ता कानुनी तथा नियामक आवश्यकताहरू पालना गर्न आवश्यक छ?
  6. हजुरले आफ्नो कार्यालय कुन स्थानीय तहमा राख्न चाहनुहुन्छ?
  7. हजुरलाई निर्माण व्यवसाय संचालन गर्न के कस्ता उपकरण आवश्यक छ? साथै कुन उपकरण किन्ने र कुन भाडामा लिने?
  8. हजुरको कम्पनीमा कति जनशक्ति चाहिन्छ?

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

कन्स्ट्रक्सन कम्पनी तथा लाइसेन्स दर्ता प्रक्रिया:

  1. प्रस्तावित कन्स्ट्रक्सन कम्पनीको नाम Apply गर्ने (नाम राख्दा सकेसम्म अहिलेसम्म प्रयोगमा नआएको नाम राख्दा Approve हुने सम्भावना राम्रो हुन्छ)
  2. नाम स्वीकृत भएपछी कम्पनीको प्रबन्धपत्र तथा नियमावाली तयार गर्ने
  3. प्रबन्धपत्र तथा नियमावलीलाई सबै सेयरधनी तथा साक्षीले सहिछाप गर्ने
  4. यसरि तयार गरिएको कागजात नोटरी गरि रजिस्ट्रारको कार्यालयमा बुझाउने
  5. रजिस्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गर्ने
  6. दर्ता पश्चात पान सुरक्षित गरिएको पत्र लिएर अन्तरिक राजस्व कार्यालयमा गई पान/भ्याट दर्ता गर्ने (निर्माण ठेक्कापट्टा लाइसेन्सको लागि भ्याटमा दर्ता अनिवार्य छ)
  7. हजुरको कन्स्ट्रक्सन कम्पनीलाई कार्यालय रहने वडा कार्यालयमा दर्ता गर्ने
  8. अन्तिममा आवश्यक कागजात तथा निवेदन सहित आफ्नो स्थानीय तहमा “घ” बर्गको निर्माण व्यवसाय इजाजतपत्रको लागि आवेदन दिनुहोस
    कम्पनी दर्ता सम्बन्धि थप जानकारीको लागि:

Company Registration in Nepal [Private Limited]

कन्स्ट्रक्सन कम्पनीको बर्गिकरण

नेपालमा सार्वजनिक निर्माण कार्य गर्ने निर्माण व्यवसायीलाई योग्यताको आधारमा निम्नानुसार वर्गीकरण गरिन्छ:

  1. “क” वर्गको निर्माण व्यवसायी
  2. “ख” वर्गको निर्माण व्यवसायी
  3. “ग” वर्गको निर्माण व्यवसायी
  4. “घ” वर्गको निर्माण व्यवसायी


सर्बप्रथम हजुरले “घ” वर्गको निर्माण व्यवसाय इजाजतपत्र प्राप्त गर्न सक्नुहुन्छ| तत्पश्चात निर्माण व्यवसाय ऐन २०५५ तथा निर्माण व्यवसाय नियमावली २०५६ को अधिनमा रहेर हजुरले “क”, “ख” वा “ग” वर्गमा क्रमश स्तरोन्नति गर्न सक्नुहुन्छ|

साथै, हाल “घ” बर्गको निर्माण व्यवसाय इजाजतपत्रको जिम्मा नगरपालिका तथा गाउँपालिकालाई दिइएको छ| तसर्थ स्थानीय तहले “घ” वर्ग निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि आँफै तय गर्दछ| यस ब्लगको अन्तिममा हामीले विभिन्न स्थानीय तहको कार्यविधिहरुको लिंक राखेका छौं|

“घ” बर्गको निर्माण व्यवसाय इजाजतपत्र

निर्माण व्यवसाय नियमावली २०५६ अनुसार “घ” बर्गको निर्माण व्यवसाय इजाजतपत्र प्राप्त गर्न हजुरको कम्पनीले निम्नलिखित सर्तहरुको पालना गर्नुपर्ने हुन्छ|

  1. आर्थिक क्षमता : प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा एक लाख रुपैयाँको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ । (हाल विभिन्न स्थानीय तहहरुले चालु पुँजीको सिमा ५ लाख तोकेका छन्)
  2. मुख्य जनशक्ति विवरण : सिभिल इन्जिनियरीङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासनिक र वाणिज्यशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एकजना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।
  3. मेसिन तथा उपकरण
    • लेभल (एक थान)
    • वाटर पम्प (एक थान)
    • भाइबे्रटर (एक थान)
    • ट्रीपर र ट्रयाक्टर (एक एक थान)
    • मिक्सर मेसिन (एक थान)

 

इजाजतपत्रको लागि सर्तहरु –

  1. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरु पेश गर्नु पर्नेछ ।
  2. माथि उल्लिखित यान्त्रिक उपकरणहरु ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरि· विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।
  3. माथि उल्लिखित यन्त्र उपकरणहरु दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।
  4. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरु निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयां दर्ता हुने प्रयोजनकोलागि मान्य हुने छैन ।

कन्स्ट्रक्सन कम्पनीका केहि उधेश्यहरु:

कम्पनी दर्ताको क्रममा तयार पर्नुपर्ने सबैभन्दा महत्वपुर्ण विवरण हुन् यसका उधेश्यहरु| नेपालमा सामान्यतया दर्ता हुने कन्स्ट्रक्सन कम्पनीका प्रमुख उधेश्यहरु निम्न अनुसार पाइने गरेको छ:

  1. घर, भवन, डिपार्टमेन्टल स्टोर, मन्दिर, हाउसिंग, रिजोर्ट, होटल इत्याधि निर्माण गर्ने
  2. बाटो, सडक, गोरेटो, पुल, कल्भर्ट इत्याधि जस्ता पूर्वाधार निर्माण गर्ने
  3. निर्माण सम्बन्धि सामाग्री, औजार, हार्डवेयर इत्याधि बिक्रीवितरण गर्ने
  4. प्लम्बिंग, वायरिंग, पेंटिंग तथा पुनर्निर्माण तथा पुनसंरचनाका कार्यहरु गर्ने
  5. निर्माण सेवा सम्बन्धि विविध परामर्श प्रदान गर्ने

कन्स्ट्रक्सन कम्पनीका लागि कर

पान/भ्याट
निर्माण व्यवसाय इजाजतपत्रको लागि हरेक कम्पनी भ्याटमा दर्ता गर्नु अनिवार्य हुन्छ| तसर्थ हरेक कन्स्ट्रक्सन कम्पनीले भ्याट बिल जारी गर्नु अनिवार्य हुन आउँछ|

आयकर
हरेक कन्स्ट्रक्सन कम्पनीले बार्षिक रुपमा आफ्नो वित्तीय विवरणको लेखापरीक्षण गराई मुनाफा भएको खण्डमा आयकर बुझाउनु पर्ने हुन्छ| नेपालमा हाल यस किसिमको कम्पनीलाई 25% मा कर लाग्ने गर्छ|

स्रोतमा कर कट्टी
यदि कुनै पनि कन्स्ट्रक्सन कम्पनीले अन्य व्यवसायबाट विभिन्न किसिमका सेवा लिन्छन भने उक्त सेवाको रकममा भ्याट बिल भए १.५% र नभए १५% कर कट्टी गर्नुपर्ने हुन्छ| त्यस्तै अफिस, जग्गा वा अन्य संरचना भाडामा लिएको हो भने यसको १०% रकम स्रोतमा कट्टी गर्नुपर्ने हुन्छ| यदि हजुरको कन्स्ट्रक्सन कम्पनीमा कर्मचारी राख्नु भएको छ भने स्ल्याब दरमा कर कट्टी गर्नुपर्ने हुन्छ| र अन्तिममा यदि हजुरको कम्पनीले बिना भ्याट बिल विभिन्न बस्तु तथा समान ढुवानी सेवा लिएको छ भने २.५% कर कट्टी गर्नुपर्ने हुन्छ|

यस्तै हामीले दिने सेवामा सामान्यतया १.५% कर कट्टी भइ भुक्तानी प्राप्त हुन्छ| साथै यदि हामीले एकै पटकमा ५० लाख भन्दा बढीको भुक्तानी प्राप्त गर्छौं भने ५% ले कर कट्टी गरिने व्यवस्था रहेको छ|

कन्स्ट्रक्सन कम्पनीहरूको लागि बैंक लोन

कन्स्ट्रक्सन कम्पनी राम्रोसंग संचालन गर्न तथा यसको आकार बढाउन विभिन्न समयमा यसलाई ऋण चाहिन सक्छ| मुख्यतया निर्माण ब्यबसायको लागि २ किसिमको लोन लिन सकिन्छ:

ओभरड्राफ्ट लोन:
कन्स्ट्रक्सन कम्पनीलाई समय समयमा गर्नु पर्ने नियमित खर्च तथा क्रेडिट साइकल व्यवस्थापनको लागि ओभरड्राफ्ट लोन लिन सकिन्छ| यसको लागि बैंकले हाम्रो कम्पनीमा उठ्नुपर्ने पैसा, समान तथा हाम्रो आवश्यकताको राम्रोसंग मुल्यांकन गर्छ|

बहुबार्षिक लोन:
साधारणतया कन्स्ट्रक्सन कम्पनीले मेसिनरी, उपकरण, वा जग्गा खरिदको लागि बहुबार्षिक लोन लिन सक्छन| यसका लागि बैंकले हाम्रो कम्पनीमा रहेका सम्पति तथा धितोको मुल्यांकन गर्छ|

कन्स्ट्रक्सन कम्पनीका प्रमुख आम्दानी तथा खर्चहरु:

कृषि कम्पनीका केहि आयस्रोत निम्नानुसार छन्:
१. निर्माण सम्बन्धि कार्यबाट हुने आय
२. ठेक्का-पट्टा तथा टेन्डर बाट हुने आय
३. इन्जिनियरिंग तथा निर्माण परामर्श सेवा
४. कन्स्ट्रक्सन सम्बन्धि तालिम

कृषि कम्पनीका केहि खर्चहरु:
१. उपकरण तथा अफिस भाडा
२. ज्याला तथा कर्मचारी खर्च
३. उपकरण तथा मेसिनरीको ह्रासकट्टी
४. मार्केटिंग तथा वितरण खर्च

संसारको सबैभन्दा ठूलो कन्स्ट्रक्सन कम्पनी कुन हो?

चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन ग्रुप लिमिटेड

चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी लिमिटेड (CCCC) एक सरकारी स्वामित्वमा रहेको, सार्वजनिक रूपमा व्यापार गर्ने, बहुराष्ट्रिय इन्जिनियरिङ् तथा निर्माण कम्पनी हो जसले मुख्यतया राजमार्ग, पुल, सुरुङ, रेलवे लगायत पूर्वाधारको डिजाइन, निर्माण र सञ्चालनमा गर्दछ। यस कम्पनी चीनको महत्वाकांछी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभका थुप्रै कार्यक्रममा ठेकेदार भएको छ। यस कम्पनीको स्थापना सन् २००५ मा चीनको बेइजिंग सहरमा भएको हो| यसको बार्षिक आम्दानी ७० बिलियन डलर रहेको छ भने यसमा ११८००० कर्मचारी आबद्ध छन्|

कम्पनी दर्ता सहजीकरणका लागि कम्पनी खाता प्रा ली नै किन?

हजुर नेपालको जुनसुकै कुनामा हुनुभए पनि कम्पनी खाता प्रा ली को सहजीकरणमा आफ्नो कम्पनी दर्ता गर्न सक्नुहुन्छ|

कम्पनी खाता प्रा ली संगको सहकार्यमा हजुरलाई सहज हुने केहि पक्ष:

  1. सहज र भरपर्दो परामर्श
  2. छिटो छरितो सेवा
  3. कागजात लेनदेनमा सहजता
  4. निरन्तर ग्राहक सम्बन्ध
  5. कम्पनी दर्ता पश्चातका सेवा पनि लिन सकिने
  6. लेखा तथा कर सम्बन्धि सेवा लिन सकिने

कन्स्ट्रक्सन कम्पनीको बारेमा बारम्बार सोधिने प्रश्नहरु:

१. नेपालमा कसले कन्स्ट्रक्सन कम्पनी दर्ता गर्न पाउंछन्?
नेपाली नागरिकता भएका तथा अन्य कुनै पनि कानुनले प्रतिबन्ध नगरेका सबै नेपालीले आफ्नै कन्स्ट्रक्सन कम्पनी दर्ता गर्न पाउनुहुन्छ।

२. नयाँ कन्स्ट्रक्सन कम्पनी सुरु गर्न के कस्ता विवरण तयार पार्नुपर्छ?
नेपालमा कुनै पनि कन्स्ट्रक्सन कम्पनी सुरु गर्न प्रस्तुत ५ विवरण तयार पार्नुपर्छ: • कम्पनीको प्रस्तावित नाम • कम्पनीले गर्न खोजेको प्रमुख काम • कम्पनीको अधिकारिक ठेगाना • कम्पनी मार्फत लगानी गर्न खोजिएको पुंजी • कम्पनीमा रहने सेयरधनी तथा सेयर प्रतिशत

३. के आफ्नो प्राइभेट कन्स्ट्रक्सन फर्मलाई कम्पनीमा परिवर्तन गर्न सकिन्छ?
मज्जाले सकिन्छ, यसको लागि सामान्य कम्पनी दर्ता गरेझैं प्रक्रिया हुने गर्छ र पुरानो प्राइभेट फर्मको कर कार्यालयबाट अध्यावधिक भएको हुनु पर्दछ|

४. कन्स्ट्रक्सन कम्पनी दर्ता प्रक्रिया कसरी सुरु गर्ने?
हजुरले तल दिइएको Start Now बटन क्लिक गरि हामी मार्फत प्रक्रियामा अगाडी बढ्न सक्नुहुन्छ| यसका साथै सिधै हाम्रो परामर्शदातालाई 9801074003 / 9801074006 मा सम्पर्क गरि पनि आफ्नो प्रश्न राख्न सक्नुहुन्छ|
प्राइभेट लिमिटेड कम्पनीको बारेमा थप जानकारी लिनका लागि कृपया तलको लिंकमा जानुहोला:

Company Registration in Nepal [Private Limited]

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नुहोस:

"कम्पनी दर्ता सुरुवात" पेजमा हजुरलाई स्वागत छ |
यस पेजमार्फत हामी हजुरसंग कम्पनी दर्ताको निम्ति चाहिने सम्पूर्ण विवरणको बिस्तृत छलफल गर्नेछौं
कृपया हजुरले दर्ता गर्न खोज्नुभएको कम्पनीको किसिम तल छनोट गरिदिनुहोला:
मेरो उधेश्य...
Agro
Trading
Production
Service
Technology
Others
"कम्पनी दर्ता सुरुवात" पेजमा हजुरलाई स्वागत छ |
यस पेजमार्फत हामी हजुरसंग कम्पनी दर्ताको निम्ति चाहिने सम्पूर्ण विवरणको बिस्तृत छलफल गर्नेछौं
कृपया हजुरले दर्ता गर्न खोज्नुभएको कम्पनीको किसिम तल छनोट गरिदिनुहोला:
मेरो उधेश्य...
कृषि
कृषि
ब्यापार मुलक
ब्यापार मुलक
औद्योगिक
औद्योगिक
सेवा मुलक
सेवा मुलक
टेक्नोलोजी
टेक्नोलोजी
अन्य
अन्य

Related Blogs:

Hi! What would you like to try?