व्यवसायीको लागि बजेट २०८२-८३ | BUDGET 2082-83 for Business Owners

Table of Contents

अर्थमन्त्री श्री बिष्णु प्रसाद पौडेलज्युले संघीय संसदको बैठक समक्ष मिति २०८२/०२/१५ गते आ.व. २०८२/८३ को बजेट प्रस्तुत गर्नु भएको छ |

बजेटको उदेश्य:

  • उच्च, दिगो एवम् फराकिलो आर्थीक वृद्धि हाँसिल गरि गरीबी निवारण गर्ने,
  • उधम शिलता विकास र सार्वजनिकतथा निजी लगानी बिस्तार गरी रोजगारी सिर्जना गर्ने,
  • आधुनिक प्रविधिको प्रयोग बढाउंदै आर्थिक दक्षता वृद्धि गर्ने,
  • सामाजिक संरक्षण एवम् बिकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने,
  • गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने,

बजेटमा देखिएको मुख्य परिवर्तनहरु:

१. कम्पनी, व्यवसाय र उद्योगहरुको लागि प्रस्तुत गरिएका प्रावधानहरु:

  • महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नबिकरण गर्दा शुल्क नलाग्ने व्यबस्था गरिने भएको छ | यसले महिला लक्षित उधमशिलाता प्रर्बधनको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गर्ने लक्ष्य लिएको छ |
  • आयत निर्यात गर्ने व्यवसायले, Import/Export को लागी चाहिने Exim Code लिँदा, भन्सार विभागलाई बुझाउनु पर्ने रु. ३ लाखको बैंक ग्यारेन्टी को व्यवस्था खारेज गरिएको छ | यसले एक साधारण व्यवसायलाई EXIM लिन, तुलनात्मक रुपमा सजिलो बनाएको छ |
  • १० करोड सम्मको वार्षिक कारोबार गर्ने startup व्यबसायीलाई ५ बर्ष सम्म आयकर नलाग्ने व्यवस्था ल्याइएको छ | स्टार्टअप ब्यवसायलाई प्रोत्साहन र प्रबर्धन गर्ने उदेश्य यस बजेटले राखेको देखिन्छ |
  • शिक्षित युवालाई उधमशिल र स्वरोजगार बढाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परिक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा विना धितो रु २ लाख देखी २० लाख सम्म ३% व्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ |
  • बैंक, बिमा, दूरसंचार, धितोपत्र लगायत सबै प्रकारका सार्वजनिक तथा वित्तीय कारोबारमा राष्ट्रिय परिचयपत्र (NID) को प्रयोग गरिनेछ | कम्पनी दर्ता र बैंक कारोबार मा NID प्रयोग हुँदै आइरहेको छ, यसलाई थप अन्य क्षेत्रमा निरन्तरता दिने प्रयास गरेको देखिन्छ |

२. केहि बिशेष व्यवसायहरु लक्षित छुट प्रावधानहरु:

  • Electric Vehicle charging मेशिन उत्पादन तथा एसेम्बलीङ्ग गर्ने उद्योगलाई ५ बर्ष सम्म आय कर छुट | नेपालमा विधुतीय सवारीसाधन प्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी र यसलाई अझ प्रबर्धन गर्न, आवश्यक चार्जिंग स्टेसनमा निजि क्षेत्रको लगानी बढाउने उदेश्य राखिएको छ |
  • ग्रिन हाईड्रोजन (Green Hydrogen) उत्पादन गर्ने उद्योगलाई ५ बर्ष सम्म आय कर छुट | वातावरण सन्तुलन राख्ने र कार्बन उत्सर्जन नियन्त्रण राख्ने उदेश्य राखिएको देखिन्छ |
  • सूचना प्रविधि सेवा (Digital Technology) निर्यातबाट (Export) प्राप्त हुने आयमा लाग्ने करमा ७५% छुट हुने भएको छ | यसले नेपालमा संचालित आई. टि. (I.T.) कम्पनीहरुलाई आयकरमा विशेष सहुलियत प्राप्त भएको छ |

३. लगानी सम्बन्धि प्रस्तुत गरिएका प्रावधानहरु:

  • सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गरिनेछ | गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यबस्था मिलाइने भएको छ| यसले नेपाली सेयर बजारमा कारोबार हुने दायरा (Scope) वृद्धि गरेको छ, साथै सरकारी ऋणपत्रमा लगानी आकर्षण बढाउने खोजिएको देखिन्छ |
  • नेपाली व्यबसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामाग्री निर्यात गरि प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ | यसका लागि निर्यातबाट हुने बार्षिक आम्दानीको २५% सम्म बिदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ, र यस्तो व्यबसाय बाट आर्जन हुने मुनाफाको ५० % देशभित्र फिर्ता गर्नु पर्ने हुन्छ |

कम्पनी वा व्यवसायहरुमा लागु हुने राजस्वलाई असर पर्ने प्रावधानहरु:

१. आय कर (Income Tax):

  • सूचना प्रविधिमा आधारित उद्योग, होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने भएको छ | यस व्यवस्थाले अब २५% मा लागु हुँदै आएको आयकर २०% को सहुलियत दरमा लागु हुने भएको छ |
  • नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात (Export) गर्ने व्यक्तीको आम्दानीमा ५% मात्र आय कर लाग्ने भएको छ र यो कर नै अन्तिम कर हुने भयको छ |
  • Transportation service business ले प्राकृतिक व्यक्ती (Natural Person) बाट ढुवानी साधन भाडा बापत अग्रिम कर कट्टी (TDS) गरि भुक्तानी गरेकोमा सो खर्चलाई करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने भएको छ |
  • खाद्यान्न, गेडागुडी, फलफुल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दुग्धजन्य पदार्थमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम आयकर खारज गरिएको छ | यसले आवश्यक खाद्यान्न पैठारी गर्न सहजीकरण गर्ने देखिन्छ |
  • आय विवरण (Income Tax Return) पेश नगरेका करदातालाई कार्यालयबाट गरिएको संशोधित कर निर्धारणबाट सिर्जित बक्यौता फरफारक गर्ने मौका दिएको छ |
  • २० बर्षभन्दा पुरानो वा संचालनमा आउन नसक्ने सार्वजनिक तथा निजि सवारीसाधनको लागत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ बर्ष को आयकर बुझाएमा बाँकि आयकर छुट दिने भएको छ |

२. मूल्य अभिबृद्धि कर (VAT) तथा अन्य कर

  • डिजिटल भुक्तानीलाई (Digital Payment) प्रोत्साहन गर्न, समाशोधनगृह (Clearing House) को सेवामा लाग्दै आएको मूल्य अभिवृदी कर (VAT) खारेज गरिएको छ | यसले digital payment गर्दा लाग्दै आएको सेवा शुल्कमा केहि राहत दिएको छ|
  • VAT र Excise Duty (अन्त: शुल्क) को विवरण बुजाउन वा कर दाखिला गर्न नसकेको व्यक्तिलाई विवरण र कर बुझाएमा, ब्याज, थप दस्तुर, बिलम्ब शुल्क र जरिवानामा सहुलियत दिने भएको छ | यसको बिस्तृत विवरण अन्तरिक राजस्व कार्यालयले केहि दिनमा प्रकाशन गर्ने छ |
  • अन्तर्राष्ट्रिय हवाईसेवा र सोका हवाई टिकटको कारोबार गर्ने व्यक्तिले VAT मा दर्ता भई बुझाउन बाँकि कर रकम बुझाएमा, ब्याज, थप दस्तुर, र जरिवाना मिनाहा गर्ने भएको छ | अन्तर्राष्ट्रिय हवाईसेवामाथि VAT आ. ब. ८१-८२ बाट लागु गरिएको थियो |
  • विधुतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न Electric Vehicle मा लगाइएको सबै प्रकारका कर (Custom duty, Excise Duty, VAT), तथा महसुल यथावत राखिएको छ | Electric Vehicle खरिद गर्न खोजिरहनु भएको ग्राहकको लागि यो सकारात्मक पक्ष हो |

केहि विशेष कम्पनीमा लागु हुने विशेष प्रावधानहरु:

  • प्रस्तुत सामग्री तथा मेशिनरी उपकरणको Import मा १% मात्र भन्सार महसुल लाग्ने र अन्य कर तथा महसुलमा खारेजी गरीएको क्षेत्र यसप्रकार रहेको छ :
    1. सौर्य तथा वायु उर्जाबाट विद्युत संचय गर्न आवश्यक व्याट्री तथा उपकरणको पैठारीमा,
    2. Electric Vehicle charging मेशिन उत्पादन तथा एसेम्बलीङ्ग गर्ने उद्योगलाई आवश्यक पर्ने उपकरणको पैठारीमा,
    3. काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन काठ सिजनिंग (wood seasoning) गर्ने उद्योगलाई आवश्यक मिल मेशिनरीको पैठारीमा,
    4. फुटबल, क्रिकेट तथा बहुउद्दश्यीय रङ्गशालाको पुर्बाधार (Infrastructure) निर्माणको लागी आवश्यक मेशिनरी, यन्त्र, उपकरण र खेल सामाग्रीको (sport goods) पैठारीमा,
    5. सडक, सिंचाई र जलविद्युत आयोजनामा सुरुङ्ग प्रविधिको प्रयोग प्रवर्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेशिनको पैठारीमा,
  • प्रस्तुत सामग्री तथा मेशिनरी उपकरणको Import मा भन्सार महसुल र अन्य सबै कर खारेज गरीएको क्षेत्र यसप्रकार रहेको छ :
    1. प्राङ्गारिक र प्राकृतिक मल उत्पादनको लागी आवश्यक मिल, मेशिनरी तथा उपकरणको पैठारीमा,
    2. ग्रिन हाईड्रोजन (Green Hydrogen) उत्पादन गर्ने उद्योगको लागी आवश्यक मेशिनरी उपकरणको पैठारीमा,

Related Blogs:

Hi! What would you like to try?