fbpx

नेपालमा कृषि कम्पनी: सम्भावना, महत्व तथा दर्ता प्रक्रिया

Table of Contents

कृषि कम्पनी भन्नाले कृषि सम्बन्धि उत्पादन, प्रशोधन, मार्केटिंग, वितरण वा निर्यातमा संलग्न व्यवसाय सम्झनु पर्छ। “कृषि कम्पनी” शब्दले त्यस्ता व्यवसायलाई पनि समावेश गर्दछ जसको मुलभूत उधेश्य अन्य कृषि व्यवसायलाई विविध पाटपुर्जा तथा कन्सल्टिंग वा सफ्टवेर जस्ता सेवा प्रदान गर्ने हुन्छ।

 

नेपालको आर्थिक अवस्था जस्तोसुकै भएपनि सधैं फस्टाउने क्षमता कुनै क्षेत्रमा छ भने कृषिमा नै छ, किनकि हामीले दैनिक रुपमा उपभोग गर्ने खाध्य बस्तु कृषि क्षेत्रबाटै आउँछ र यो मानिसको आधारभूत आवश्यकताहरू मध्ये पहिलो नम्बरमा आउँछ। त्यसैले कुनै पनि राष्ट्रको लागि कृषि क्षेत्रलाई प्रमुख क्षेत्र मान्ने गरिन्छ। अझ कृषिप्रधान देश भनेर चिनिने नेपाल जस्तो देशमा आर्थिक क्रान्तिको सुरुवात नै यहाँका कृषि कम्पनीहरुको विकासबाट सम्भव छ । नेपालका कृषि कम्पनीले इजराइल, भिएतनाम तथा यूरोपेली मुलुकका कृषि कम्पनी झैँ टेक्नोलोजी, विश्वब्यापी मार्केटिंग र श्रमिक शिक्षामा जोड दिन सके सबैको आर्थिक भविष्य बलियो हुन्छ|

 

नेपालमा कृषिको व्यवसायको महत्व :

  1. नेपालको करिब ६८% भन्दा बढी जनसंख्या आफ्नो गुजुरा गर्न लागि कृषि र यससँग सम्बन्धित गतिविधिहरूमा निर्भर छन्
  2. देशको कुल श्रमको ६४% भन्दा बढीलाई कृषि क्षेत्रले रोजगारी प्रदान गर्दछ
  3. नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ३३% रहेको छ
    यसबाट हामीलाई नेपालमा कृषि कम्पनीको सम्भावना प्रस्ट हुन्छ|

 

त्यस्तै पछिल्ला केही वर्षहरूमा नेपालमा कृषि कम्पनी दर्ता ह्वात्तै बढेको पाइन्छ| यसरी कृषि कम्पनी दर्तामा वृद्धि आउनुका केहि कारणहरू हामीले खोजि गरेका छौं:

  1. अनलाइन डेलिभरीको वृद्धिसँगै मार्केटिंग गर्न सजिलो भएको।
  2. निरन्तर जनसंख्या बृध्दिसंगै खाधान्नको माग पनि बढ्दो क्रममा भएको|
  3. Hydroponics, Aquaponics, Terrace Farming र अन्य नयाँ सोचका स्टार्ट अपहरू स्थापना भएको।
  4. साधारणतया उच्च मूल्य दरमा बिक्री हुने अर्गानिक उत्पादनको बढ्दो माग भएको।

 

कम्पनी दर्ताको क्रममा तयार पर्नुपर्ने सबैभन्दा महत्वपुर्ण विवरण हुन् यसका उधेश्यहरु| नेपालमा सामान्यतया दर्ता हुने कृषि कम्पनीका प्रमुख उधेश्यहरु निम्न अनुसार पाइने गरेको छ:

  1. धान, मकै, कोदो जस्ता कृषि बाली उत्पादन तथा प्रसोधन
  2. चिया, कफी, दाल जस्ता नगदे बालि उत्पादन तथा प्रसोधन
  3. आँप, स्याउ, सुन्तला तथा भुइँकटहर जस्ता फलफुल उत्पादन तथा प्रसोधन
  4. पशुपन्छी, मौरीपालन तथा मत्स्यपालन
  5. दूध, तेल, पिठो जस्ता कृषि पदार्थको उत्पादन
  6. शीतभण्डार तथा कृषि उपज प्रसोधन
  7. कृषिका लागि चाहिने विभिन्न मेसिन तथा समान उत्पादन
  8. विविध कृषि सम्बन्धि उत्पादन, जस्तै दाना, मल, रसायन इत्याधी

 

कृषि कम्पनीहरूको लागि कर

पान/भ्याट

नेपालमा कृषि उपज तथा प्रसोधित उत्पादन साधारणतया मूल्य अभिबृधि कर ऐन २०५२ को अनुसुची १ अन्तर्गत पर्ने भएकाले जतिसुकै कारोबार गरेतापनि यस्ता कृषि कम्पनीलाई पानमै दर्ता गर्नुपर्छ| तर मूल्य अभिबृधि कर ऐन २०५२ को अनुसुची १ बाहेकका उत्पादनमा कारोबार गर्ने हो भने चाँही बार्षिक कारोबार ५० लाख कटेपछि अनिबार्य रुपमा भ्याटमा दर्ता हुनुपर्छ|

आयकर

हरेक कृषि कम्पनीले बार्षिक रुपमा आफ्नो वित्तीय विवरणको लेखापरीक्षण गराई मुनाफा भएको खण्डमा आयकर बुझाउनु पर्ने हुन्छ| नेपालमा साधारणतया कम्पनीको हकमा 25% कर हुने भएतापनि कृषि कम्पनीको हकमा बजेट भाषण मार्फत यो दर कम गरिएको हुन्छ|

स्रोतमा कर कट्टी

यदि कुनै पनि कृषि कम्पनीले अन्य व्यवसायबाट विभिन्न किसिमका सेवा लिन्छन भने उक्त सेवाको रकममा भ्याट बिल भए १.५% र नभए १५% कर कट्टी गर्नुपर्ने हुन्छ| त्यस्तै अफिस, जग्गा वा अन्य संरचना भाडामा लिएको हो भने यसको १०% रकम स्रोतमा कट्टी गर्नुपर्ने हुन्छ| यदि हजुरको कृषि कम्पनीमा कर्मचारी राख्नु भएको छ भने स्ल्याब दरमा कर कट्टी गर्नुपर्ने हुन्छ| र अन्तिममा यदि हजुरको कम्पनीले विभिन्न बस्तु तथा समान ढुवानी सेवा लिएको छ भने २.५% कर कट्टी गर्नुपर्ने हुन्छ|


कृषि कम्पनीहरूको लागि बैंक लोन

कृषि कम्पनी राम्रोसंग संचालन गर्न तथा यसको आकार बढाउन विभिन्न समयमा यसलाई ऋण चाहिन सक्छ| सरकारले कृषि व्यवसायको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न बैंकहरुलाई निर्देशन दिएकोले कृषि लोन अन्य व्यवसायिक लोन भन्दा सस्तो पर्न जान्छ| तर कृषिको लागि लिईएको ऋण अन्य प्रयोजनको लागि उपयोग गर्न भने पाइदैन|

मुख्यतया कृषि ब्यबसायको लागि २ किसिमको लोन लिन सकिन्छ:

ओभरड्राफ्ट लोन:

कृषि कम्पनीलाई समय समयमा गर्नु पर्ने नियमित खर्च तथा क्रेडिट साइकल व्यवस्थापनको लागि ओभरड्राफ्ट लोन लिन सकिन्छ| यसको लागि बैंकले हाम्रो कम्पनीमा उठ्नुपर्ने पैसा, समान, बिउबिजन, जीवजन्तु तथा हाम्रो आवश्यकताको राम्रोसंग मुल्यांकन गर्छ|

बहुबार्षिक लोन:

साधारणतया कृषि कम्पनीले मेसिनरी, फ्याक्ट्री, वा जग्गा खरिदको लागि बहुबार्षिक लोन लिन सक्छन| यसका लागि बैंकले हाम्रो कम्पनीमा रहेका सम्पति तथा धितोको मुल्यांकन गर्छ|


कृषि कम्पनीका प्रमुख आम्दानी तथा खर्चहरु:

कृषि कम्पनीका केहि आयस्रोत निम्नानुसार छन्:

  1. कृषि उपज बिक्रि-वितरण
  2. कृषि प्रसोधन बिक्रीवितरण
  3. कृषि सम्बन्धि परामर्श सेवा
  4. कृषि सम्बन्धि तालिम


कृषि कम्पनीका केहि खर्चहरु:

  1. जग्गा तथा अफिस भाडा
  2. ज्याला तथा कर्मचारी खर्च
  3. बिउबिजन तथा मल खर्च
  4. फार्म संचालन खर्च
  5. कृषि परामर्श तथा औषधि खर्च
  6. मार्केटिंग तथा वितरण खर्च


संसारको सबैभन्दा ठूलो कृषि कम्पनी कुन हो?

कारगिल

कारगिल, अमेरिकाको Minnesota राज्यमा स्थित एक प्राइभेट लिमिटेड कृषि कम्पनी हो। यस कम्पनीको स्थापना सन् 1865 मा भएको थियो र हाल कारोबारको आधारमा कारगिल संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो निजी कम्पनी मानिन्छ।
कारगिल कम्पनी मुख्य गरेर कृषि अनाज र अन्य वस्तुहरू जस्तै पाम तेल, ऊर्जा, पशुपालन, दाना उत्पादन, प्रशोधित खाद्य पदार्थ, बनस्पति तेल, तथा अन्य कृषिजन्य बस्तुको उत्पादन तथा बिक्रि-वितरणमा संलग्न छ|


नेपालमा कृषि कम्पनी दर्ता गर्ने प्रक्रिया

साधारणतया कम्पनी दर्ता प्रक्रिया केहि जटिल र झन्झटिलो छ, किनकि यसमा धेरै नियमहरुको पालना गर्नुपर्ने हुन्छ र नगरेको खण्डमा पेनाल्टी वा फाइन तिर्नुपर्ने हुनसक्छ। तर हजुरहरुले कुनै चिन्ता लिनु पर्दैन, किनकि जबसम्म हजुरहरुसंग कम्पनी खाता प्रा ली छ हाम्रो परामर्शदाताहरुले हजुरलाई कम्पनी दर्ताको हरेक चरणमा सहजीकरण प्रदान गर्नुहुनेछ|

  • Step 1: प्रस्तावित कृषि कम्पनीको नाम Apply गर्ने (नाम राख्दा सकेसम्म अहिलेसम्म प्रयोगमा नआएको नाम राख्दा Approve हुने सम्भावना राम्रो हुन्छ)
  • Step 2: नाम स्वीकृत भएपछी कम्पनीको प्रबन्धपत्र तथा नियमावाली तयार गर्ने
  • Step 3: प्रबन्धपत्र तथा नियमावलीलाई सबै सेयरधनी तथा साक्षीले सहिछाप गर्ने
  • Step 4: यसरि तयार गरिएको कागजात नोटरी गरि रजिस्ट्रारको कार्यालयमा बुझाउने
  • Step 5: कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गर्ने
  • Step 6: दर्ता पश्चात पान सुरक्षित गरिएको पत्र लिएर अन्तरिक राजस्व कार्यालयमा गई पान/भ्याट दर्ता गर्ने
  • Step 7: कम्पनीको अधिकारिक बैंक अकाउन्ट खोलि कारोबार सुरु गर्ने

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

कम्पनी दर्ता सहजीकरणका लागि कम्पनी खाता प्रा ली नै किन?

हजुर नेपालको जुनसुकै कुनामा हुनुभए पनि कम्पनी खाता प्रा ली को सहजीकरणमा आफ्नो कम्पनी दर्ता गर्न सक्नुहुन्छ|
कम्पनी खाता प्रा ली संगको सहकार्यमा हजुरलाई सहज हुने केहि पक्ष:

  1. सहज र भरपर्दो परामर्श
  2. छिटो छरितो सेवा
  3. कागजात लेनदेनमा सहजता
  4. निरन्तर ग्राहक सम्बन्ध
  5. कम्पनी दर्ता पश्चातका सेवा पनि लिन सकिने
  6. लेखा तथा कर सम्बन्धि सेवा लिन सकिने

 

 

कृषि कम्पनीको बारेमा बारम्बार सोधिने प्रश्नहरु:

नेपालमा सबैभन्दा बढी दर्ता हुने कृषि व्यवसायहरू के के हुन्?

हाल नेपालमा विभिन्न प्रकारका कृषि व्यवसायहरू दर्ता भैरहेका छन् जस्तै:
• कुखुरापालन
• गाइबस्तु पालन
• माछापालन
• फलफुल व्यवसाय
• तरकारी व्यवसाय
• जैविक मल उत्पादन
• हाइड्रोपोनिक/अक्वापोनिक
• कृषि खेती
• अर्गानिक ग्रीन हाउस खेती
• तोरी खेती
• माहुरी पालन
• दुग्ध प्रशोधन इत्याधि

नेपालमा कसले कृषि कम्पनी दर्ता गर्न पाउंछन्?

नेपाली नागरिकता भएका तथा अन्य कुनै पनि कानुनले प्रतिबन्ध नगरेका सबै नेपालीले आफ्नै कृषि कम्पनी दर्ता गर्न पाउनुहुन्छ।

नयाँ कृषि कम्पनी सुरु गर्न के कस्ता विवरण तयार पार्नुपर्छ?

नेपालमा कुनै पनि कृषि कम्पनी सुरु गर्न प्रस्तुत ५ विवरण तयार पार्नुपर्छ:
• कम्पनीको प्रस्तावित नाम
• कम्पनीले गर्न खोजेको प्रमुख काम
• कम्पनीको अधिकारिक ठेगाना
• कम्पनी मार्फत लगानी गर्न खोजिएको पुंजी
• कम्पनीमा रहने सेयरधनी तथा सेयर प्रतिशत

के आफ्नो प्राइभेट कृषि फर्मलाई कम्पनीमा परिवर्तन गर्न सकिन्छ?

मज्जाले सकिन्छ, यसको लागि सामान्य कम्पनी दर्ता गरेझैं प्रक्रिया हुने गर्छ र पुरानो प्राइभेट फर्मको कर कार्यालयबाट अध्यावधिक भएको हुनु पर्दछ|

कृषि कम्पनी दर्ता प्रक्रिया कसरी सुरु गर्ने?

हजुरले तल दिइएको Start Now बटन क्लिक गरि हामी मार्फत प्रक्रियामा अगाडी बढ्न सक्नुहुन्छ| यसका साथै सिधै हाम्रो परामर्शदातालाई 9801074003 / 9801074006 मा सम्पर्क गरि पनि आफ्नो प्रश्न राख्न सक्नुहुन्छ|

 

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नुहोस:

प्राइभेट लिमिटेड कम्पनीको बारेमा थप जानकारी लिनका लागि कृपया तलको लिंकमा जानुहोला:

Related Blogs:

Hi! What would you like to try?