fbpx

नयाँ कम्पनीको नामकरण कसरी गर्ने?

Table of Contents

कम्पनी दर्ता प्रक्रियाको सुरुवात सधैं प्रस्तावित नाम कम्पनी रजिस्ट्रारको अधिकारिक वेबसाइट ocr.gov.np मा निवेदन दिएसंगै सुरु हुन्छ| नाम स्वीकृत हुनको लागि केहि सर्तहरुको पालना गर्नुपर्ने हुन्छ र एक पटक नाम स्वीकृत भएपछी मात्र कम्पनी दर्ताको काम अगाडी बढाउन सकिन्छ| कम्पनीको नाम छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा स्वीकृत नहुने अधारहरुको बारेमा हामी यस ब्लग मार्फत चर्चा गर्नेछौं|

हजुरले पक्कै पनि आफ्नो प्रस्तावित कम्पनीको लागि टन्नै नामहरु सोच्नुभएको होला| तर कम्पनीको नामले नै भविष्यमा मार्केटिंग देखि व्यवसायिक सफलताको पनि चित्र कोर्ने भएकाले नाम निवेदन दिंदा निकै ध्यान दिनुपर्ने हुन्छ|

हजुरले पक्कै पनि आफ्नो प्रस्तावित कम्पनीको लागि टन्नै नामहरु सोच्नुभएको होला| तर कम्पनीको नामले नै भविष्यमा मार्केटिंग देखि व्यवसायिक सफलताको पनि चित्र कोर्ने भएकाले नाम निवेदन दिंदा निकै ध्यान दिनुपर्ने हुन्छ|

१. अरु व्यवसायको नामसंग उस्तै उस्तै नसुनिने

कम्पनीको नाम कहिल्यै पनि अरु कम्पनी वा ब्रान्डसंग मिल्दो जुल्दो राख्नु हुँदैन| यसले एक त ग्राहकलाई अरु नामसंग कन्फ्युज बनाउँछ भने कानुनी रुपमा पनि झमेला हुने गर्छ| साथै अरु व्यवसायले प्रयोग गरिसकेको नाम प्रयोग गर्नाले भविष्यमा ट्रेडमार्क तथा ब्रान्ड दर्ता गर्न पनि मिल्दैन| आंफुले सोचेको नाममा अरु कुनै कम्पनी दर्ता भएको छ या छैन भनि हजुरले कम्पनी रजिस्ट्रारको वेबसाइटमा चेक गर्न सक्नुहुन्छ या कम्पनी खाताको परामर्शदातासंग पनि छलफल गर्न सक्नुहुन्छ|

२. सम्झनको लागि सहज हुनुपर्छ

कम्पनीको नाम मार्केटिंग हिसाबले पनि महत्वपुर्ण हुने भएकाले यो उच्चारण गर्न तथा सम्झना सजिलो किसिमको हुनुपर्छ| यदि प्रयोग गर्न नै निकै गाह्रो हुन्छ भने लामो समयमा मार्केटिंग गर्दा व्यवसायमा यसको नकारात्मक प्रभाव पर्न जान्छ| त्यसैले हामी देख्छौं कि ठुला ठुलो व्यवसाय तथा कम्पनीको नाम संधै सजिलो र छोटो हुने गर्छ|

३. वेबसाइट बनाउन मिल्ने हुनुपर्छ

आजको युग इन्टरनेट र टेक्नोलोजीको हो| बिस्तारै बिस्तारै सबै कम्पनीहरुले आफ्नो वेबसाइट बनाउदै गएको पाइन्छ| त्यस्तै आजको ५-१० बर्षमा ८०% व्यवसाय वेबसाइट मार्फत चल्छन भन्ने त विकशित देशको अनुमान नै छ| यस्तो परिस्थितिमा कम्पनीको नाम छनोट गर्दा वेबसाइट दर्ता गर्न मिल्छ या मिल्दैन भन्ने हेक्का हजुरले राख्नुपर्छ| यस सम्बन्धि थप जानकारी चाहिएमा कम्पनी खाता हजुरको सेवामा उपलब्ध छ|

४. ट्रेडमार्क वा ब्रान्ड दर्ता गर्न मिल्ने हुनुपर्छ

कम्पनीको आकार जब बढ्दै जान्छ यसलाई नक्कल गर्ने समूह पनि सक्रिय हुँदै जान्छ| आफ्नो वस्तु, सेवा तथा व्यवसायको नामलाई नक्कल हुन बाट बचाउन उद्योग विभागबाट ट्रेडमार्क दर्ता गर्न सकिन्छ| तर सोहि नाममा अरु कुनै व्यवसायले ट्रेडमार्क दर्ता गरिसकेका छन् कि छैनन् भन्ने कुरा महत्वपुर्ण हुन आउँछ| त्यसैले कम्पनी दर्ताको लागि नाम निवेदन दिनु अघि ट्रेडमार्क गर्ने सोच छ कि छैन र यदि छ भने उक्त ट्रेडमार्क दर्ता गर्न मिल्छ कि मिल्दैन भनेर चेक गर्नुपर्ने हुन्छ| ट्रेडमार्क खोजि तथा दर्ताको निम्ति पनि हजुरले कम्पनी खातासंग सहयोग लिन सक्नुहुन्छ|

५. सकेसम्म ठुलो दायरा समेट्ने हुनुपर्छ

कहिले काँही कम्पनीको नाम राख्दा हामि साह्रै सानो दायरा छनोट गर्छौं| तर जब व्यवसाय ठुलो हुँदै जान्छ र हाम्रा उत्पादन तथा सेवाहरु पनि बढ्दै जान्छ तब हामीलाई नाम परिवर्तन गर्नुपर्ने बाध्यता बढ्न थाल्छ| नाम परिवर्तन गरौँ, धेरै ग्राहकले हामीलाई पुरानै नामले सम्झिनुहुन्छ र परिवर्तन गरिहाल्न पनि तनाव हुन सक्छ| उदाहरणको लागि हजुरले आफ्नो नयाँ कम्पनीबाट कुखुरापालन गर्दै हुनुहुन्छ भने पनि “नेपाल कुखुरापालन कम्पनी” नाम राख्नुको सट्टा “नेपाल कृषि कम्पनी” राख्दा सजिलो हुन्छ ताकी व्यवसायलाई बढाउदै लाँदा पनि समस्या नहोस्|

कम्पनीको नाम छनोट गर्दा हजुरले आँफैलाई निम्न प्रश्नहरु सोध्नुहोस्:

१. के मेरो कम्पनीको नामको अर्थ व्यवसायसंग मेल खान्छ?
२. के मेरो कम्पनीको नाम उच्चारण गर्न सजिलो छ?
३. के मेरो कम्पनीको नाम अरुबाट फरक सुनिन्छ?
४. के मेरो कम्पनीको नाम ग्राहकलाई मन पर्ला?
५. के मेरो कम्पनीको नाममा वेबसाइट बनाउँदा आकर्षक सुनिन्छ?
६. के मेरो कम्पनीको नाममा व्यवसाय गर्दा मलाई गर्व महसुस हुन्छ?

के मैले सोचेको कम्पनीको नाम उपलब्ध छ?

नेपालमा कम्पनीको नाम अस्वीकृत हुने कारणहरु:

१. कम्पनीको नाम नेपाली र अंग्रेजीमा एउटै नभएर

उदाहरणको लागि यदि हजुरले नेपालीमा “रारा कृषि कम्पनी” लेख्नुभएको छ भने यसलाई अंग्रेजीमा “Rara Krishi Company” लेख्नुपर्छ, तर “Rara Agriculture Company” भनेर राख्न पाइंदैन|

२. कम्पनीको नाम छोटकरीमा राख्दा प्रत्येक अक्षरको पछाडी डट (.) प्रयोग नगरेर

उदाहरणको लागि “ABC Company” नाम अस्वीकृत हुन्छ, यसलाई “A.B.C. Company” भनि निवेदन दिनुपर्ने हुन्छ|

३. कम्पनी नाम पछाडी “डट कम” शब्द प्रयोग गर्नाले

कुनै पनि किसिमको कम्पनीको अन्त्यमा “डट कम” प्रयोग गर्नाले यो अस्वीकृत हुने गर्छ| जस्तै Raracompany.com नाम राखेर नेवेदन दिनु हुँदैन|

४. कम्पनीको नाममा नम्बर प्रयोग गर्नाले

प्रस्तावित कम्पनीको नाममा कतै पनि नम्बर प्रयोग भएको हुनु हुँदैन| जस्तै “5A Company” भनि निवेदन दिनु हुँदैन| तर यहि नाम चाहिएको हो भने “Five A Company” भनि नाम निवेदन दिन सकिन्छ|

५. कम्पनीको नाममा सर्वनाम (जस्तै मेरो, हाम्रो, तिम्रो) जस्ता शब्दहरु प्रयोग गर्नाले

कम्पनीको नाममा कतै पनि मेरो, तिम्रो, हाम्रो जस्ता शब्द प्रयोग हुनु हुँदैन| साथै अंग्रेजीमा पनि My, Our जस्ता शब्द प्रयोग गर्नु हुँदैन|

६. राख्न नपाइने अक्षर (जस्तै श्री, द) जस्ता अक्षर प्रयोग गर्नाले

कम्पनीको नाममा द (The), श्री (Shree) जस्ता अक्षर प्रयोग गर्नु हुँदैन| यस्ता शब्द प्रयोग गर्दा नाम अस्वीकृत हुने गर्छ|

७. अन्य कुनै कम्पनीसंग नाम मिल्न गएमा

हजुरको कम्पनीको प्रस्तावित नाम अन्य कुनै पनि दर्ता भइसकेको या दर्ताको क्रममा रहेको कम्पनीसंग मेल खानु हुँदैन| साथै यदि उस्तै उस्तै सुनिन्छ या मोटामोटी मिल्छ भने पनि कम्पनीको नाम अस्वीकृत हुन्छ|

कम्पनी खातासंग दर्ता प्रक्रिया अगाडी बढाउनुहोस्:

Related Blogs:

Hi! What would you like to try?