fbpx
Search
Close this search box.

नेपालमा ट्रेडमार्क दर्ता: किन र कसरी?

Table of Contents

ट्रेडमार्क: एक परिचय

नेपालको अर्थतन्त्रमा कृषि, स्वास्थ्य, पर्यटन, उत्पादन, सेवामुलक, व्यापारिक लगायत धेरै व्यवसायहरु संचालनमा छन् | त्यस्तै प्रत्येक क्षेत्रमा एकै किसिमका सेवा तथा उत्पादन बिक्रि गर्ने संस्थाहरु हुन्छन| एकै क्षेत्रमा काम गर्ने भएकाले कम्पनीहरु बीच प्रतिस्पर्धा तथा ग्राहक आकर्षण गर्ने उपायहरु पनि भिन्न भिन्न हुने गर्छ| यहि व्यवसायिक प्रतिस्पर्धा तथा ग्राहक समक्ष्य आँफुलाई पृथक देखाउने क्रममा ट्रेडमार्कको महत्व सुरु हुन्छ|

विश्वमा सफल वस्तु तथा सेवा हरुको नक्कल हुने क्रम दिनानुदिन बढ्दै गएको पाइन्छ | धेरैले अन्य व्यवसायको चिन्ह, ट्यागलाइन, नाम तथा अन्य बौद्धिक सम्पति नक्कल गरि ग्राहकलाई उल्लु बनाइरहेका हुन्छन| आफ्नो वौद्धिक सम्पति लाई अरुबाट सुरक्षा गर्न र अनधिकृत प्रयोग रोक्न पनि ट्रेडमार्क निकै महत्वपुर्ण हुने गर्छ |

ट्रेडमार्क भनेको के हो त?

ट्रेडमार्क हजुरको व्यवसायले प्रदान गर्ने सेवा वा वस्तुलाई चिनाउने चिन्ह, नाम वा ट्यागलाइन हो जसमा केवल हजुरको मात्र हक लाग्ने गर्छ। एक पटक उधोग बिभागमा दर्ता भएपछी यो हजुरको वौद्धिक सम्पति भएको मानिन्छ र अन्यलाई यसको अनधिकृत प्रयोगबाट रोक्न सकिन्छ|

उदाहरणको लागि, ‘युनिलिभर’ नामको ट्रेडमार्क युनिलिभर नेपाल लिमिटेड (एक कम्पनी)को नाममा दर्ता छ र यसलाई उक्त कम्पनीले आफ्नो सबै उत्पादनमा प्रयोग गर्न पाउंछ| युनिलिभर नेपाल लिमिटेडको सहमति बिना अरु कसैले पनि युनिलिभर नामको शब्द आफ्नो उत्पादनमा प्रयोग गर्न पाउंदैनन |

ट्रेडमार्कको रुपमा दर्ता गराउन मिल्ने कुराहरू:

Product/Business Name

Register product names like Apple's iPod, company names like Bajaj, and abbreviations like BMW as trademarks for legal protection.

Logo/Symbol

Trademarking logos is a common practice to protect brand identity. Logos differentiate businesses from their competitors.

Business Tagline

Distinct taglines can be trademarked to protect a business's identity and showcase its mission, like Nike's "Just do it" tagline.

Shapes and Others

Business can also trademark particular product's shape, color, scent, certification, patterns, packaging and many more!

मैले ट्रेडमार्क दर्ता किन गर्ने?

Importance of Trademark Registration

यदि हजुरले आफ्नो ट्रेडमार्क दर्ता गर्नुभएन भने अरुले प्रयोग गरिदिन्छन। आंफुले दुख गरेर बनाएको ब्रान्ड नक्कल भयो भने कसलाई पो चित्त दुख्दैन र| साथै जब हजुरको व्यवसाय ग्राहकमा प्रचलित हुँदै जान्छ तब यसको अनाधिकृत प्रयोग हुने सम्भावना पनि अधिक हुन थाल्छ|

ट्रेडमार्क दर्ता गर्नुका केहि फाइदाहरू निम्न बमोजिम रहेका छन्:

१. ब्रान्डको कानुनी स्वामित्व संरक्षण गर्दछ

नेपालमा कुनै पनि ब्रान्डको कानुनी संरक्षण प्राप्त गर्न ट्रेडमार्क दर्ता अनिवार्य छ। एक पटक उद्योग विभागमा दर्ता भएपछी ट्रेडमार्क हजुरको वौद्धिक सम्पति मानिन्छ र कसैले उस्तै देखिने लोगो तथा नाम प्रयोग गरेमा कानुनी प्रक्रिया अगाडी बढाउन सकिन्छ|

२. ग्राहक समक्ष बलियो छाप

ट्रेडमार्क दर्ता पश्चात जब हजुरको ब्रान्ड सुरक्षित हुन्छ तब अनु कसैले यसलाई नक्कल गर्न पाउंदैनन| यसले ग्राहक समक्ष हजुरको व्यवसायलाई नौलो आयाम मिल्छ| व्यवसायले आफ्नो गुणस्तर र ग्राहक सन्तुष्टिमा मज्जाले ध्यान दिन पाउँछ|

३. ब्राण्डको मूल्य बढ्छ

राम्रो ब्रान्डसंग को नै जोडिन चांहदैन र| जब हजुरको व्यवसायले सफलताको शिखर चुम्न थाल्छ तब यसलाई खरिद गर्ने तथा जोडिने व्यवसायिक साथीहरुको कमि हुँदैन| परिहाल्यो भने यसलाई प्रयोग गर्ने अधिकार तथा बजारीकरणको सम्झौता पनि बिक्रि गर्न सकिन्छ|

४. व्यवसाय साझेदारीको सम्भावना

हामीले बजारमा देख्ने ब्रान्डहरु, जस्तै KFC, Pizza Hut इत्याधिले संसारको विभिन्न स्थानमा साझेदारी गर्दै आफ्नो व्यवसायलाई कैयौं गुणा बढाएका छन्| राम्रो ब्रान्ड तयार हुँदा व्यवसायिक सफलता बढाउने मौका पनि उत्तिकै बृध्दि हुन्छ|

ट्रेडमार्क दर्ता कहिले गर्ने?

ट्रेडमार्क दर्ता गर्ने सहि समय यहि हो भन्न मिल्दैन| जतिबेला हजुरलाई लाग्छ कि आफ्नो व्यवसायको ब्रान्ड सुरक्षित गर्नुपर्ने बेला आएको छ भन्ने त्यति नै बेला हजुरले ट्रेडमार्क दर्ता गर्न सक्नुहुन्छ| साधारणतया नेपालमा ट्रेडमार्क दर्ता निम्न समयमा हुने गर्दछन:

1. कम्पनी दर्ता पश्चात

आफ्नो कम्पनीको नौलो नाम दर्ता लगत्तै ट्रेडमार्क गर्ने गरिएको छ| यसले सुरु चरण देखि नै व्यवसायलाई कानुनी सुरक्षा प्रदान गर्छ|

2. जब कुनै वस्तु वा सेवा प्रख्यात हुन्छ

आजको इन्टरनेट तथा टिकटकको जमानामा कुनै वस्तु वा सेवा प्रख्यात हुनु नौलो कुरा होइन| त्यसैले बजारमा आफ्नो व्यवसाय वा उपजको नाम चल्न थाले लगत्तै ट्रेडमार्क गर्ने प्रचलन पनि उत्तिकै छ| तर कहिलेकहीं यसमा ढिलो गर्दा अरुले नै अनाधिकृत प्रयोग गरिदिएर आफैंलाई समस्या पर्ने गरेको पनि देखिन्छ|

3. नयाँ उत्पादन बजारमा निकाल्ने क्रममा

नेपालमा सबैभन्दा धेरै ट्रेडमार्क दर्ता हुने भनेको बजारमा लन्च गर्ने बेलामा हो| जुनसुकै समान पनि जब पहिलो पटक बजारमा ल्याईन्छ तब यसको नाम, डिजाइन र लोगो ट्रेडमार्क गर्दा नक्कल गर्ने समस्याबाट केहि हद सम्म छुटकारा पाउन सकिन्छ|

 

नेपालमा ट्रेडमार्क दर्ता:

कहाँ गर्ने?

नेपालमा ट्रेडमार्क दर्ताको नियमन उद्योग विभागको(DOI)को अधिनमा पर्ने गर्छ| DOIसंग नै ट्रेडमार्क दर्ता गर्ने क्रममा जाँच, निरीक्षण र नियन्त्रण गर्ने जिम्मेवारी हुन्छ। ट्रेडमार्कको संरक्षण र कारबाही PDTA (पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, १९६५) बाट नियन्त्रित हुन्छ।

कसरि गर्ने?

दर्ता प्रक्रियालाई निम्न चार चरणमा वर्गीकृत गर्न सकिन्छ:

चरण १: उद्योग विभाग (DOI) मा आवश्यक कागजात सहित ट्रेडमार्क दर्ताको लागि आवेदन दिनुपर्छ

चरण २: उद्योग विभाग (DOI)ले आवेदनको ठिक भए नभएको पुर्वलोकन गर्दछ

चरण ३: उद्योग विभाग (DOI)ले प्रकाशन गर्ने औधोगिक बुलेटिन (IP Bulletin) मा ट्रेडमार्क प्रकाशन गर्छ

चरण ४: यदि कुनै दावी-विरोध नभएमा उद्योग विभाग (DOI)बाट ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त हुन्छ, यसका लागि साधारणतया १-२ बर्षको समय लाग्ने गर्छ|

 

Process of Trademark Registration in Nepal.

ट्रेडमार्क वर्ग (Trademark Class) भनेको के हो?

नेपालले ट्रेडमार्क दर्ता गर्नका लागि NICE Classification अनुसरण गर्दछ। यी वर्गीकरणले हरेक प्रकारको उत्पादन र सेवालाई समावेश गर्दछ। यसमा कुलमा ४५ वर्गहरू छन् जसमा वर्ग १-३४ले विभिन्न उत्पादनहरूलाई कवर गर्दछ जबकि वर्ग ३५-४५ सेवाहरूलाई कवर गर्दछ। व्यवसायको वस्तु तथा सेवाको प्रकृति हेरी यी वर्गहरू मध्ये जुन जुनले हजुरको व्यवसायलाई समेट्छ ती सबैमा दर्ता गर्न सकिन्छ।
NICE ट्रेडमार्क बर्गहरुको केहि उदाहरण:

वर्ग १: औद्योगिक उत्पाद, कृषि र फोटोग्राफी
वर्ग ३४: तम्बाकू सम्बन्धी उत्पाद र म्याच बक्सहरू
वर्ग ३५: विज्ञापन, प्रबन्ध सेवा र कार्यालय अभिकलन
वर्ग ४५: सामाजिक कल्याण, व्यक्तिहरू र सम्पत्तिका लागि सुरक्षा

ट्रेडमार्क नविकरण कहिले गर्ने?

एक पटक ट्रेडमार्क दर्ता गरेपछि दर्ता भएको मितिबाट सात वर्षसम्म मान्य रहनेछ। ट्रेडमार्क मान्यता सक्किएको ३५ दिनभित्र यसलाई नविकरण गराईसक्नुपर्छ। यदि निर्धारित समयभित्र नविकरण नगरिएमा जरिवाना लाग्ने तथा दर्ता रद्ध हुने सम्भावना हुन्छ|

के ट्रेडमार्क निवेदन अस्विकार हुन पनि सक्छ?

नेपालमा ट्रेडमार्क दर्ता पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, १९६५ (PDTA) बाट नियन्त्रित गरिएको हुन्छ। नियम अनुसार तल दिईएको अवस्थामा निवेदन अस्वीकृत हुन सक्छ:


१. यदि कुनै व्यक्ति वा संस्था को गौरवमा चोट पुर्‍याउँछ भने,
२. यदि सामान्य रूपमा मानव तथा राष्ट्रिय हितमा असर गर्छ भने,
३. यदि अन्य कुनै व्यक्ति वा संस्थाको ट्रेडमार्कमा असर गर्छ भने,
४. यदि पहिले नै अर्को व्यक्ति वा संस्थाको नाममा दर्ता भएको छ भने,
५. ट्रेडमार्क औद्योगिक सम्पत्ति नीति, मानक र अन्तर्राष्ट्रिय सन्धि विरुद्ध छ भने

ट्रेडमार्क दर्ताका निम्ति आवश्यक कागजात:

Required Documents for Trademark Registration in Nepal

१. ट्रेडमार्क दर्ताको लागि सहि ढांचामा निवेदन
२. राजश्व तिरिएको रसिद
३. कम्पनी दर्ता तथा प्यान/भ्याटमा दर्ता गरिएको प्रमाण
४. निवेदकको विवरण (ठेगाना, सम्पर्क, E-Mail, इत्याधि)
५. कर चुक्ता प्रमाणपत्र
६. अधिकारनामा दिईएको प्रमाण

कम्पनी खातासंग ट्रेडमार्क दर्ता प्रक्रिया:

कम्पनी खाता प्रा. लि. स्वयं एक स्टार्टअप हो जस्ले बिगत २ बर्ष देखि उधमीहरुलाई कम्पनी दर्ता, नविकरण तथा परिमार्जन, EXIM कोड दर्ता, करमा दर्ता जस्ता कर्पोरेट सेवाहरूलाई सहज तथा विश्वसनीय हिसाबले प्रदान गर्दै आएको छ। हामी हजुरलाई ट्रेडमार्क दर्ता प्रक्रियामा पनि सहजीकरण सेवा उपलब्ध गराउँछौं| यदि हजुर नेपालमा आफ्नो व्यवसायको ट्रेडमार्क दर्ता गर्ने योजना बनाउँदै हुनुहुन्छ भने हाम्रो विशेषज्ञ टोलीले निम्न प्रक्रियाबाट हजुरलाई सेवा प्रदान गर्नुहुन्छ:


१. सर्वप्रथम दर्ता गर्न खोजिएको ट्रेडमार्क उपलब्ध भए नभएको चेक
२. उपयुक्त ट्रेडमार्क वर्ग चयन गर्न परामर्श तथा सहयोग
३. अधिकारनामा प्राप्त भए पश्चात हजुरको ट्रेडमार्क निवेदन दाखिला
४. दर्ता प्रमाणपत्र प्राप्त भएपश्चात नविकरणको सेवा

हजुरको ट्रेडमार्क दर्ता प्रक्रिया सुरु गर्नुहोस्:

ट्रेडमार्क सम्बन्धि बारम्बार सोधिने प्रश्न

ट्रेडमार्क (व्यापार चिन्ह) भनेको के हो?

ट्रेडमार्क यस्तो चिन्ह हो जसले कुनै पनि व्यवसायले उत्पादन गरेको बस्तु तथा सेवालाई अन्य बस्तु वा सेवासंगको भिन्नता दर्शाउने गर्छ| यसले प्रतिस्पर्धात्मक बजारमा व्यवसायिक उत्पादनको रक्षा गर्नुको साथसाथै फरक पहिचान दिलाउन सहयोग गर्छ |

आफ्नो कम्पनीले ट्रेडमार्क सुरक्षा किन गर्ने?

प्रतिस्पर्धात्मक बजारमा हुबहु मिल्ने डिजाइन वा चिन्हको चोरी हुनु कुनै नौलो कुरा हैन | यसमार्फत व्यवसायले विभिन्न घाटा बेहोर्नुपरेको हुन्छ| ट्रेडमार्क दर्ता पश्चात हजुरको व्यवसायले यस्ता चोरी र जथाभावी प्रयोगमा रोक लगाउन सक्छ| यसका साथै ट्रेडमार्क बहुमुल्य व्यवसायिक सम्पति पनि हो जस्तै हामी रोयल्टी वा बिक्रि गरि आयआर्जन गर्न सक्छौं|

मैले कुनै नाममा कम्पनी दर्ता गरिसकेको छु, के मैले ट्रेडमार्क पनि दर्ता गर्नु पर्छ र?

कम्पनीको नाम र व्यापारिक चिन्ह फरक कुरा हो| कम्पनी दर्ता भएपछी यसको नामले कम्पनीको पहिचान गराउँछ जुन धेरैजसो प्रा. ली. का साथ् टुंगिन्छ र यो हजुरको कम्पनीको कानुनी नाम पनि हो| तर ट्रेडमार्क एउटा यस्तो चिन्ह हो जस्ते हजुरको उत्पादन वा सेवालाई अन्यबाट भिन्न देखाई कानुनी रुपमा सुरक्षा प्रदान गर्छ| कुनै बस्तु वा सेवाको डिजाइन तथा अन्य पक्षको संरक्षण गर्न ट्रेडमार्क दर्ता अनिवार्य छ|

के नेपालमा गरेको ट्रेडमार्क दर्ताले अन्तराष्ट्रिय बैधानिकता पाइन्छ?

पाइंदैन| नेपालमा दर्ता गरेको ट्रेडमार्क नेपालमा मात्र संरक्षित हुन्छ| अन्य देशमा पनि दर्ता गर्नुपरेमा त्यहि देशको कानुन अनुसार ट्रेडमार्क दर्ता गर्नुपर्ने हुन्छ|

®, TM र SM भनेको के हो?

® : कुनै पनि चिन्ह दर्ता भैसकेको छ भने आफ्नो चिन्हसंगै यो प्रयोग गर्न सकिन्छ,

TM: आफ्नो चिन्ह दर्ताको लागि अधिकारिक निवेदन दिइसकिएको छ तर दर्ता भैसकेको छैन भने यो प्रयोग गर्न सकिन्छ,

SM: कहिलेकाहीं सेवा चिन्हको रुपमा यसलाई प्रयोग गर्ने गरिन्छ

ट्रेडमार्क दर्ता गर्दा कति सरकारी राजस्व बुझाउनुपर्छ?

१. निवेदनको बखत : रु १,०००
२. दर्ताको बखत : रु ५,०००

Related Blogs:

Hi! What would you like to try?