आजको व्यवसायमैत्री समयमा यसको पर्याय बनेको छ: “कम्पनी”| स्वतन्त्र पहिचान (identity), सिमित दायित्व (limited liability) तथा निश्चित दरमा मात्रै कर (fixed tax rate) लाग्ने हुनाले पनि यसको लोकप्रियता बढ्दो क्रममा छ | हुन पनि आफ्नै कम्पनी दर्ता गरि business या start-up सुरुवात गर्ने उधमीको संख्यामा पहिले भन्दा उल्लेखनीय वृद्धि सहजै देख्न सकिन्छ| हाम्रो छिमेकी राष्ट्रहरु चिन र भारतमा २०२०-२०३०को दशक उधमीको दशक हुने परिकल्पना गर्दै गर्दा त्यसको सकारात्मक प्रभाव नेपालमा परेको अनुमान लगाउन गाह्रो हुँदैन|
अब जाऔं प्राइभेट लिमिटेड कम्पनी तर्फ| यसको सुरुवात देखि संचालनसम्म कोहि व्यक्तिले एक्लै या आफ्नो व्यवसायिक कुरा मिल्ने साथीभाईसंग गर्न सक्नुहुनेछ| नेपालमा सर्वाधिक दर्ता हुने प्राइभेट लिमिटेड कम्पनी बाहेक संरचनाको आधारमा पब्लिक र मुनाफा वितरण नगर्ने गरि अन्य दुई कम्पनी पनि दर्ता गर्न पाइन्छ| तर यी दुई कम्पनीको चर्चा हामी छुट्टै गर्नेछौं|
प्राइभेट कम्पनी सुरुवात गर्दै गर्दा हरेक उधमीले यसका विविध पक्षलाई ध्यान दिनु अपरिहार्य मानिन्छ| आउनुहोस, क्रमैसंग यी विवरणको चर्चा गरौँ:
१. कम्पनीको उधेश्य | Company's Objectives
कम्पनीको उधेश्य भन्नाले यसको माध्यमबाट गर्न खोजिएको विभिन्न कारोबार तथा योजनाको बुँदागत टिपोटलाइ बुझिन्छ| हरेक कम्पनीले आफ्नो उधेश्यमा लेखिएको कार्यहरु मात्र गर्न पाउने भएकाले उधेश्य तयार पार्दा भविष्यका आफ्ना योजनाहरुलाई बिशेष ध्यान दिनुपर्छ|
उधेश्य तय गर्दा सर्बप्रथम हामीले के सम्बन्धि कम्पनी दर्ता गर्न खोजेका हौं, त्यसमा छर्लंग हुनुपर्छ र त्यस बिषयसंग सम्बन्धित कम्पनीले के के गर्न पाउछन राम्रोसंग बुज्नुपर्छ| जस्तै एक कृषि कम्पनीले कृषि संग सम्बन्धित सबै क्रियाकलाप जस्तै खेति पति, पशुपन्छी पालन, मौरीपालन इत्यधि गर्न पाउछन तर कृषि कम्पनीको दायरामा नाउने जस्तै निर्माण व्यवसाय, इन्भेस्टमेन्ट इत्याधि सोहि कम्पनीबाट गर्न पाइदैन|
एकपटक उधमको दयारा तय भएपछी त्यसभित्र हामीले के कस्ता क्रियाकलाप गर्ने हो, कसरी गर्ने हो सबै बुँदागत रुपमा टिपोट गर्नुपर्छ|
र अन्त्यमा उधमका अन्य पक्षहरु जस्तै आयात निर्यात, उत्पादन तथा बिक्रीवितरण, एजेन्सी इत्याधीलाई पनि आफ्नो योजना अनुरुप उल्लेख गर्नुपर्छ|
२. प्रस्तावित नाम | Company's Proposed Name
उधेश्य चयनसंगै कम्पनी दर्ताको प्रक्रिया कम्पनीको प्रस्तावित नामबाट सुरु हुने गर्छ| एकपटक नाम राखिसकेपछि पछिसम्मका लागि पहिचान हुने भएकाले कम्पनीको नाम छनोट गर्दा हामीले ध्यान दिनुपर्ने कुराहरुलाई तल टिपोट गरिएको छ|
- राख्न खोजिएको प्रस्तावित नाम अरु कुनै कम्पनीको नामसंग मिल्छ कि मिल्दैन रजिस्ट्रारको वेबसाइटमा गएर त्यो पत्ता लगाउने, किनकि कम्पनी ऐन २०६३ अनुसार कुनै पनि दुइ कम्पनीको नाम मिल्दोजोल्दो हुनु हुदैन| उदाहरणका लागि यदि “मेरो कृषि फर्म प्रा ली” नाम को कम्पनी यदि दर्ता भैसकेको रहेछ भने, हामीले यहि या “मेरो एग्रो फर्म” जस्तो नाम राख्न पाइदैन|
- कम्पनीको नामको सुरुवातमा द, श्री, न्यु, तिम्रो, हाम्रो जस्ता अक्षरको प्रयोग नगर्ने| जस्तै “द हिमालयन बिजिनेस हब” नाम राखी निबेदन दिन पाइदैन| यसलाई द हटाएर “हिमालयन बिजिनेस हब” भनि निबेदन दिन सकिन्छ|
- यदि कम्पनीको नाममा एक भन्दा बढी अंग्रेजी लेटरहरु छोटकरीमा राख्नपर्ने भएमा बिचमा डट अथवा थोप्लो राख्नु अनिबार्य हुन्छ, जस्तै हामीले “ABCD Business Hub” भनि नाम राख्न पाइदैन| यसलाई “A. B. C. D. Business Hub” नाम राखी निबेदन दिन भने पाइन्छ |
- नाम राख्दा पहिलो शब्दपछी आफ्नो व्यापारको प्रमुख उधेश्य खुलाउनु महत्वपुर्ण मानिन्छ, जस्तै अघिल्लो उदाहरणको कम्पनीले यदि कृषिमा लगानी गर्न खोजेको रहेछ भने “A. B. C. D. Krishi Farm”, “A. B. C. D. Multipurpose Agro” जस्ता नाम राख्दा अनुमोदन हुने सम्भावना राम्रो रहन्छ| र अन्त्यमा,
- राख्न खोजिएको प्रस्तावित नाममा पछी ट्रेडमार्क तथा ब्रान्ड दर्ता गर्न मिल्छ कि मिल्दैन त्यो पत्ता लगाउने| धेरै कम्पनीले समयमा नै उधमताको एक महत्वपुर्ण पक्ष ट्रेडमार्क र ब्रान्डलाई बेवास्ता गर्दा पछी समस्या आउने गरेको पाइन्छ|
३. कार्यालय रहने ठेगाना | Company's Official Address
कम्पनी दर्ता गर्ने क्रममा यसको अधिकारिक कार्यालय रहने ठेगाना उल्लेख गर्नु अनिबार्य हुन्छ| यहि ठेगानामा कम्पनीसंग सम्बन्धित सबै औपचारिक कामहरु जस्तै संचार, कुरियर इत्याधी हुनुपर्ने व्यवस्था रहेको छ| कम्पनीका अधिकारिक कागजपत्र तथा विवरणहरु पनि नियमावली अनुसार यहि ठेगानामा राख्ने गरिन्छ |
त्यस्तै कम्पनीको कार्यालय रहने ठेगाना कम्पनीको आफ्नै नाममा हुनुपर्छ भन्ने चाही छैन| आवश्यकता अनुसार कम्पनीले यसलाई बहालमा लिएको पनि हुन सक्दछ|
अब धेरैको प्रश्न हुन सक्छ, यदि एक भन्दा धेरै स्थानमा शाखा कार्यालय राख्न पर्यो भने के गर्ने?
यदि ब्यबसाय बढाउने क्रममा विभिन्न स्थानमा शाखा कार्यालय खोल्नुपर्ने भयो भने जहाँ शाखा खोल्ने हो त्यहिको आन्तरिक राजस्व कार्यालयमा, शाखा कार्यालय सम्बन्धित लिखित जानकारी गराएर अगाडी बढ्न सकिन्छ| हरेक शाखा कार्यालयको जानकारी कम्पनी रजिस्ट्रार कार्यालयलाई भने दिईराख्नु पर्दैन|
४. लगानी गर्न खोजिएको पुँजी | Capital of Company
कम्पनीको पुंजीलाइ हामी ३ भागमा बर्गिकरण गर्न सक्छौं:
- अधिकतम पुंजी: कुनै पनि कम्पनीमा कानुनी रुपमा धेरैमा कतिसम्म सेयर निष्काशन गर्न सक्छ वा लगानी उठाउन सक्छ भनि प्रबन्धपत्रमा लेखिएको रकमलाई हामी अधिकतम पुंजी भन्ने गर्छौं र यहि रकम अनुसार सरकारी राजस्व तिर्नुपर्ने हुन्छ|
- जारी गरिएको पुंजी: अधिकतम पुंजी मध्ये कम्पनीले सेयरहोल्डरलाई बेच्न तयार गरिएको जम्मा सेयरको रकमलाई हामी जारी गरिएको पुंजी भन्ने गर्छौं|
- चुक्ता पुंजी: जम्मा जारी गरिएको पुंजी मध्ये सेयरहोल्डर ले लिन कबुल गरेको सेयरको जम्मा रकमलाई हामी चुक्ता पुंजी भनि बुज्न सक्छौं|
यससंगै हरेक उधमीको मनमा एउटा प्रश्न निरन्तर आउने गर्छ, कम्पनीमा कति पुंजी हाल्दा ठिक होला? यसको उत्तर हो हजुरको व्यवसायिक गुरुयोजना| यदि भविष्यमा धेरै लगानी गर्ने योजनामा हुनुहुन्छ भने चुक्ता पुंजी कम भएपनि अधिकतम पुंजी धेरै राख्नुपर्छ ताकी लगानी बढाउनु परेमा पनि धेरै समय नलागोस|
व्यवसायिक मोडल अनुसार पनि सेवामुलक तथा स्टार्टअप कम्पनीको साधारणतया कम पुंजी हुन्छ भने व्यापारिक र उत्पादनमुलक कम्पनीको धेरै हुने गर्छ|
यदि हजुरको कम्पनी आयात निर्यातमा सहभागी हुने हो भने पनि पुँजीको संरचना त्यहि अनुसार बनाउन पर्छ| आयात निर्यात कोड अथवा EXIM कोड प्राप्त गर्न साधारण व्यवसायलाई कम्तिमा 25 लाखको पुंजी राख्नु पर्छ भने होलसेल व्यवसायलाई ६० लाखको पुंजी अनिबार्य छ|
त्यस्तै अर्को ध्यान दिनुपर्ने बुंदा हो बैंक ऋण लिने कि नलिने| कुनै पनि बैंकले व्यवसायिक ऋण प्रदान गर्दा पनि हजुरको जम्मा पुँजीको ४ गुणा भन्दा बढी दिन नपाउने हुँदा यसलाई पनि ध्यानमा राख्नु अनिबार्य हुन्छ|
५. सेयरहोल्डरको संख्या | No. of Shareholders
कम्पनीको जम्मा पुँजीलाई प्रस्तावित सेयरहोल्डरहरुमा वहाँहरुले लिन खोज्नुभएको प्रतिशतको आधारमा बिभाजन गर्नुपर्ने हुन्छ| प्राइभेट कम्पनीमा कम्तिमा १ र बढीमा १०१ जना सेयरहोल्डर रहने व्यवस्था छ भने पब्लिक कम्पनीमा कम्तिमा ७ जना सेयरहोल्डर चाहिन्छ| त्यसैले सेयरहोल्डर तय गर्दा कसले कति लगानी गर्ने हो र के के भूमिका निर्बाह गर्ने हो त्यो निर्क्योल गर्नु निकै जरुरी हुन्छ| साधारणतया धेरै ठुलो समूह बनाउदा पनि संचालन सम्बन्धि विभिन्न कठिनाई आउछ भने धेरै सानो समूह बनाउदा कम्पनीको वृद्धिदर कम हुने हो कि भन्ने डर रहन्छ| त्यसैले सकेसम्म आफ्नो मन मिल्ने व्यवसायिक मित्रहरुसंग मिलेर सानो तर प्रभावकारी सेयरहोल्डरहरुको समूह बनाउदा सबैलाई फाइदा हुन्छ|
विवरण तयार परेपछि, | Process of Company Registration in Nepal
यसरि माथि चर्चा गरिएका विवरण तयार पारेपछि हजुरले सहजै कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौबाट दर्ता प्रक्रिया अगाडी बढाउन सक्नुहुन्छ|
यदि हजुरलाई कम्पनी दर्ताको क्रममा सहजीकरणको सेवा चाहिएको छ भने हामीसंग जोडिनुहोस| हामी हजुरलाई प्रस्तावित नाम apply देखि उधेश्य चयन तथा प्रबन्धपत्र-नियमावली तयार गरि दर्ता प्रक्रिया सम्पन्न सम्मको सेवा प्रदान गर्छौं|
दर्ता अघि उचित जानकारी, दर्ताको समयमा सहजीकरण र दर्ता पश्चात निरन्तर सम्बन्ध कायम गर्नु नै कम्पनी खाता प्रा. ली. को मुख्य भिजन हो|
हामीसंग जोडिनको लागि कृपया तल “Click here to start” बटनमा थिच्नुहोला या तलको फर्ममा आफ्नो जिज्ञाशा राख्नुहोला|
हजुरलाई नयाँ व्यवसायको अग्रिम शुभकामना!
कम्पनी दर्ता प्रक्रिया सुरु गर्नुहोस:
हजुरको टोकन हाम्रो Company Start-up Team लाइ प्राप्त भएको छ|
छिटै नै हजुरको सेवामा उपलब्ध हुनेछौं |
धन्यबाद !
हजुरको टोकन हाम्रो Company Start-up Team लाइ प्राप्त भएको छ|
छिटै नै हजुरको सेवामा उपलब्ध हुनेछौं |
धन्यबाद !